अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:०८ | Colorodo: 09:23

एनआरएनए व्यापारीको विज्ञापन गर्ने सस्था हो ? – सुनिल मणी दाहाल

बिआरटीनेपाल २०७३ माघ २९ गते १२:४२ मा प्रकाशित

सुनिल मणी दाहाल

गत जनवरी २७ मा एनआरएन एसिसिको नामबाट एउटा इमेल आयो । इमेलको शीर्षक थियो -सगून अभियानमा हातेमालो गर्नुहुन अनुरोध । इमेलमा सगूनको बारेमा जानकारी गराउदै एनआरएनले लेखेको छ -” एनआरएन धनीहरुको संस्था होइन बरु सबै एनआरएनहरुलाई धनी बनाउन प्रयत्नशील संस्था हो । यही उद्धेश्य पुरा गर्ने एउटा अयिभानमा सगून लागेको छ ।

यो अभियानमा सबै नेपालीको अभियान बनोस् र सबैले यसको अवसर पाउन सकुन भन्ने हाम्रो चाहना हो । त्यसैले यो अभियानमा तपाईँ आफू सहित आफ्ना सबैको सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ” । कसरी एउटा सस्थाले एक व्यापारिक उद्देश्य लिएको कम्पनीको प्रचार प्रसार गर्न सक्छ भन्ने सोचेर अचम्म लाग्यो । सामाजिक सन्जालमा एनआरएन अमेरिकाको यस इमेलमा व्यापक विरोध समेत भयो । मैले पनि लेखे – “यो जकं इमेल हो की साच्चै साक्चै हो ? विश्वास लागेन” । पछि जानकारीमा आयो कि यो इमेल जकं हैन, साच्चीको नै रहेछ । फेरी मैले लेखे – त्यसो भए अब एनआरएनले ” नेपालको चाउ चाउ मात्र खाउ ” भनी पुन इमेल आए आश्चर्य नमाने भयो ।

त्यसको दुई दिन पछि यसमा एनआरएनको सहभागिता छैन भनेर एनआरएनको अर्को इमेल आयो । इमेलमा भनिएको थियो – “सामाजिक सञ्जालमा एनआरएनए अमेरिकाका विषयमा निस्केका प्रश्नहरुमा हाम्रो ध्यानाकर्षण भएको छ। सगुनका सञ्चालकहरूले अमेरिकामा बस्ने एनआरएनएलाई लगानीका अवसरको लागि गरिएको अनुरोधलाई मध्य नज़र गरी एनआरएनए सदस्यहरूलाई सञ्चालकको सूचना जस्ताको तस्तै पठाइएको हो । यसमा एनआरएनए अमेरिकाको कुनै पनि संलग्नता नरहेको कुरा यसै सूचना मार्फ़त जानकारी गराईन्छ” ।

आफ्नो स्पष्टीकरणमा पनि एनआरएनए अमेरिकाले झुट बोलेको छ । सबैको भरोसा बोकेको एउटा जिम्मेवार सस्थाले कसरी झुट बोल्न सक्छ ? मैले दुवै इमेल केलाएर हेरे । आफ्नो गल्ती लुकाउन एनआरएनएले पुन: अर्को गल्ती गरेको छ ।

उसले पहिलो इमेलमा स्पष्ट लेखेको थियो – “एनआरएन धनीहरुको संस्था होइन बरु सबै एनआरएनहरुलाई धनी बनाउन प्रयत्नशील संस्था हो । यही उद्धेश्य पुरा गर्ने एउटा अयिभानमा सगून लागेको छ । यो अभियानमा सबै नेपालीको अभियान बनोस् र सबैले यसको अवसर पाउन सकुन भन्ने हाम्रो चाहना हो । त्यसैले यो अभियानमा तपाइ आफू सहित आफ्ना सबैको सहभागिताको लागि हार्दिक अनुरोध गर्दछौँ” ।

अब प्रश्न आउँछ: पहिलो- यदि सगुन सन्चालकको सूचना जस्ताको तस्तै प्रस्तुत गरेको थियो भने एनआरएनएले किन यो कुरा इमेलमा उल्लेख गरेन ? दोस्रो, इमेलमा लेखिएको – “एनआरएन धनीहरुको संस्था होइन बरु सबै एनआरएनहरुलाई धनी बनाउन प्रयत्नशील संस्था हो । यही उद्धेश्य पुरा गर्ने एउटा अयिभानमा सगून लागेको छ । यो अभियानमा सबै नेपालीको अभियान बनोस् र सबैले यसको अवसर पाउन सकुन भन्ने हाम्रो चाहना हो । त्यसैले यो अभियानमा तपाइ आफू सहित आफ्ना सबैको सहभागिताकोलागि हार्दिक अनुरोध गर्दछौँ” । के यो अपिल एनआरएन को हैन ?

जानकारहरु भन्छन् – एनआरएनए अमेरिका का धेरै पदाधिकारीहरू सगुन सँग आबद्द छन् र यो इमेल पनि सगुन र एनआरएनए दुवैमा खुट्टा राख्ने पदाधिकारीले गरेका हुन । एनआरएनको खोल ओढी सस्थाको सामान्य नियममा समेत जानकारी नराख्ने र साबधानी नअपनाउने आफ्नो स्वार्थ पुर्तीमा लागेकाहरुको मनमानीले एनआरएनए प्रति धेरैको वितृष्णा बढदो छ ।

यस प्रकारको अधिकारको दुरुपयोग गरी सस्थालाई बदनाम गर्ने अनुशासनहिनहरु उपर एनआरएनएले कार्यबाही नगर्ने हो भने यो सस्था एक विज्ञापन कम्पनी सरह हुनेछ ।

प्रतिक्रिया