अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:०७ | Colorodo: 06:22

अमेरिकामा आप्रवासीहरुको काम गर्ने स्थल र घरमा अध्यागमन अधिकारीद्वारा छापा

बिआरटीनेपाल २०७३ माघ २९ गते ०:०१ मा प्रकाशित

अमेरिकाको नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा गैरकानूनी रूपमा रहेका र आपराधिक क्रियाकलापमा संलग्न आप्रवासीहरुलाई कडाइ गर्न जनवरी २६ मा जारी गरिएको कार्यकारी आदेशलाई पालन गर्ने क्रममा अमेरिकाको ६ राज्यमा अध्यागमन अधिकारीहरुले आप्रवासीहरुले उनीहरूले काम गर्ने स्थल र उनीहरूको घरमा छापा मार्न थालेका छन् ।

यस्तो कारबाही आपराधिक गतिविधिमा संलग्न आप्रवासीहरुमा मात्र सीमित गर्ने भनिए पनि सयौको सङ्ख्यामा आप्रवासीहरुलाई नियन्त्रणमा लिदा थुप्रै आपराधिक गतिविधिमा संलग्न नभएकाहरु पनि परेको बताइएको छ ।

राष्ट्रपति ट्रम्पले राष्ट्रपतीय निर्वाचनको क्रममा करिब ३० लाख कागजबिहिन आप्रवासीहरुलाई देश निकाला गरिने बताएका थिए र राष्ट्रपति भए लगत्तै पूर्व राष्ट्रपति ओबामाको प्रशासनले कस्ता आप्रवासीहरुलाई देश निकाला गर्ने भनेर बनाएको दायरालाई फराकिलो पार्दै सामान्य अपराधमा संलग्न अथवा कुनै पनि अपराधै नगरेकाहरुलाई पनि देश निकाला गर्न सक्ने आदेश जारी गरेका थिए ।

अध्यागमन अधिकारीहरुले जनाए अनुसार यो हफ्ता सोमबार देखि शुक्रवार सम्म गरिएको कारबाहीको क्रममा एटलान्टा, सिकागो, न्यू योर्क, लस एन्जलस, नर्थ क्यारोलाइना र साउथ क्यारोलाइनाबाट सैयौको सङ्ख्यामा आप्रवासीहरुलाई पक्राउ गरिएको छ । तर अध्यागमन अधिकारीहरू यसलाई कुनै छापा नभएर अध्यागमन सम्बन्धी नियमहरू पालना गराउन नियमित रूपमा गरिने कारबाही मात्र भएको र यस क्रममा थुप्रै आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरू पक्राउ परेको बताउछन् ।

अध्यागमन अधिकारीहरुले बताए अनुसार यो कारबाही ६ राज्यमा मात्र सीमित नरहेको, फ्लोरिडा, कन्सास, टेक्सस, नर्थन भर्जिनिया जस्ता स्थानहरुमा पनि अध्यागमन अधिकारीहरुले पछिल्ला दुई दिनदेखि व्यापक धरपकड सुरु गरेको आप्रवासन प्रदर्शनकारीहरुले बताएका छ्न् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू