अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१७ | Colorodo: 22:32

संविधान संशोधनपछि मात्रै निर्वाचनकाे घोषणा

बिआरटीनेपाल २०७३ माघ २८ गते ८:४९ मा प्रकाशित

नवलपरासी, माघ २८ गते । उपप्रधानमन्त्री विमलेन्द्र निधिले सरकारले संविधान संशोधनपछि मात्र स्थानीय तहको निर्वाचन घोषणा गरिने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपाल नवलपरासीले आज परासीमा आयोजना गरेको पत्रकार सम्मेलनमा गृहमन्त्री निधिले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) सँग वार्ता र छलफल गरी सीमाङ्कनलगायत सबै समस्या समाधान गरेर सरकार देशलाई समाधान दिन लागिपरेको स्पष्ट गर्नुभयो ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र एमालेको संवाद सुरु भएको र संवाद सकारात्मक भएकाले संविधान संशोधनको प्रस्ताव सफल हुनेमा आफू विश्वस्त रहेको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू