अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:०७ | Colorodo: 12:22

राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु

बिआरटीनेपाल २०७३ माघ २७ गते २३:०७ मा प्रकाशित

दमौली, माघ २८ गते । जिल्ला खेलकुद विकास समिति तनहुँद्वारा आयोजित नवौँ राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता तनहुँको क्षेत्र नं १ र ३ मा सुरु भएको छ । क्षेत्र नं ३ मा आयोजित प्रतियोगिताको सांसद टुकराज सिग्देल, धु्रव वाग्ले र आशा कोइरालाले सय मिटर दौडेर संयुक्तरुपमा उद्घाटन गर्नुभएको थियो ।

सो प्रतियोगितामा १९ वटा विद्यालयका दुईसय ५० जना विद्यार्थीको सहभागिता रहेको छ । जिल्ला खेलकुद विकास समितिका सदस्य रामकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा जिल्ला खेलकुद विकास समिति तनहुँका उपाध्यक्ष मनिराज थापा, जनज्योति माविका प्रअ गणेश सुवेदी, सोही विद्यालयका अध्यक्ष पुष्प पराजुली लगायतले विद्यालयस्तरमा हुने यस्ता खेलकुद प्रतियोगिताले विद्यार्थीलाई पठनपाठनमा अगाडि बढ्न थप हौसला प्रदान गर्ने बताउनुभयो ।

यसैबिच, क्षेत्र नं १ मा आयोजित प्रतियोगिताको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ऋषिराम भुसालले उद्घाटन गर्नुभएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू