अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:४४ | Colorodo: 17:59

रास्ट्रपति ट्रम्पलाई अदालतको अर्को झटका

बिआरटीनेपाल २०७३ माघ २७ गते १८:२८ मा प्रकाशित

अमरीकाको सङ्घीय अपिल अदालतले आज गरेको निर्णयवाट राष्ट्रपति ट्रम्पलाई सङ्कटमा पारेको छ।

ट्रम्पको विवादित यात्रा प्रतिबन्ध आदेश लाई रोक लगाउने सियाटलको अदालतको फैसलालाई तिन न्यायाधीसको एक प्यानल रहेको अपिल अदालतले आज कायम राख्दै फैसला गरेको छ।

राष्ट्रपति ट्रम्पले २७ जनवरीमा एक विवादित कार्यकारी आदेश गरी सात मुस्लिम बाहुल देशहरूलाई अमरीका प्रवेशमा वन्देज लगाएका थिए।

सियाटल अदालतको फैसला उपर पुनर्विचार का लागी सङ्घीय अपिल अदालतमा ट्रम्प प्रशासन द्दारा पेस भएको अपिल उपर उक्त अपिल अदालतले आज फैसला गर्दै सियाटल अदालतले दिएको फैसलालाई कायम राखेको हो।

अपिल अदालतको आजको फैसलाका सम्बन्धमा ट्रम्पले असन्तुष्टि जनाउदै “अदालतमा भेटौंला, हाम्रो देश को सुरक्षामा खतरा छ” भनी एक टूयीट गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू