अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५४ | Colorodo: 04:09

न्युयोर्कबाट हैटी पुगेर रगतदान

बिआरटीनेपाल २०७३ माघ २६ गते २२:२६ मा प्रकाशित

न्यु योर्क । विश्वव्यापी रूपमा रक्तदान उत्प्रेरणा गराउँदै आएका अर्जुनप्रसाद मैनालीले फेब्रुअरी ७, २०१७ मा हैटीमा १५८ औँ रक्तदान गरेका छन् । रक्तदानका लागि मैनाली हैटी गएका थिए ।

उत्तर र दक्षिण अमेरिकाबीच रहेको हैटी नेपालभन्दा सानो र जम्मा १ करोड ६ लाख जनसङ्ख्या भएको गरिब देश हो । हैटीमा वार्षिक १ प्रतिशतभन्दा कमले रगत दिँदा सधैँ अभाव भएको छ । त्यहाँ १ लाखमा ३५९ मातृ मृत्‍यु दर रहेको छ । १ लाख २० हजार एड्स पीडित छन् । हरेक वर्ष एड्सबाट ७ हजार जनाले जीवन गुमाउँछन् । यस्तै जानकारी पाएपछी मैनालीले त्यहाँ गएर एक पोका रगतले एक जनालाई मात्रा भए पनि बचाउन कोसिस गरेका हुन् । रगतदानपश्चात मैनालीले हैटीका माद्यमिक स्तरका विद्यार्थीहरूमा रगतदान गर्न जनचेतना जगाउन हैटी रेडक्रसलाई ५०० डलर सहयोग गरे ।

विश्व भरीमा गत वर्ष ११ करोड २५ लाख व्यक्तिले रगतदान गरेका थिए । धनी देशमा १ हजार जनामा ३३.१ र गरिब देशमा ४.६ ले मात्रा रगत दिन्छन् । त्यसैले गरिब देशमा सधैँ बिरामीलाई रगतको अभाव भई नै रहन्छ ।

जनवरी १२, २०१० मा हैटीमा ७.३ म्याग्निच्युडको भूकम्पले २ लाख २० हजार मानिस मरेका थिए । ३ लाख घाइते र १५ लाख घरबारविहिन भएका थिए । त्यस्तै अक्टोबर २०१६ मा म्याथ्यू नामक हुन्डरीबाट १००० जनाको मृत्‍यु र २ लाख घरमा क्षति पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू