अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:०४ | Colorodo: 23:19

नेपालका नाम चलेका पत्रिकाबाट नेपालीलाई त्रसित बनाउने समाचार

बिआरटीनेपाल २०७३ माघ २५ गते २३:२६ मा प्रकाशित

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रंपले जारी गरेको कार्यकारी आदेश पश्चात् विभिन्न अनलाइन मिडियाहरुले अमेरिकामा रहेका नेपालीलाई त्रसित बनाउने समाचारहरु प्रकाशित गरिरहेकाछन।

कहिले नाम नसुनेका वा क्लिकको भरमा पैसा कमाउन खुलेका केही अनलाइनले यसरी समाचार प्रकाशित गर्नाले अमेरिकामा रहेको नेपाली समुदाय र नेपालमा रहेका आफन्त समेत त्रसित हुनुपरेको भनेर गुनासो आइरहेको सन्दर्भमा नेपालमा नाम चलेको दैनिक नेपाल समाचारपत्रले” अमेरिकामा नेपाली आतंकित, ‘तिम्रो देश जाऊ’ भनेर धम्की आउन थाल्यो” शीर्षकको समाचार र अर्को नाम चलेको सेतोपाटीले सोही समाचारलाई प्राथमिकता दिएर अमेरिकामा नेपाली आतंकित, ‘तिम्रो देश जाऊ’ भनेर धम्की आउन थाल्यो भन्ने शीर्षकमा  प्रकाशित गरेको छ ।

त्रसित बनाउने केही अनलाइनको सुची केही दिन पहिले माइसंसारले प्रकाशित गरेको थियो जुन सूचीमा अब स्थापित पत्रकारहरुले सञ्चालन गरेका मिडिया समेत जोडिन पुगेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ओरिजिनल फोटो

फेक समाचार १ (सेतो पाटी)

 

फेक समाचार २ (समाचार पत्र )

फेक समाचार ३

फेक समाचार ४

फेक समाचार ५

फेक समाचार ६

फेक समाचार ७

 

फेक समाचार ८

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सात वटा मुस्लिम देशका नागरिकलाई अमेरिका आउनबाट रोक्न कार्यकारी आदेश जारी गरेका थिए । न्यायधिशद्वारा राष्ट्रपति ट्रंपको कार्यकारी आदेश विरुद्ध फैसला भइसकेको र प्रतिबंधित सात मुस्लिम देशका नागरिक अमेरिका आउने क्रम जारी छ । ट्रम्पको आदेशले इराक, सिरिया, इरान, लिबिया, सोमालिया, सुडान र यमनबाट आउने कुनै पनि यात्रीहरुलाई अमेरिका प्रवेश गर्न रोक लागेको थियो । नेपाली अनलाइन मेडियाहरुले त्यसलाई फोटोसप गरेर त्यस्तो भ्रामक न्युज निकालेका हुन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू