अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३८ | Colorodo: 22:53

जुकरवर्ग पत्‍नीले घरबारविहीनका लागि ३.६ मिलियन दान

बिआरटीनेपाल २०७३ माघ २५ गते ११:२९ मा प्रकाशित

चान जुकर्वग जो फेसबुकका संस्थापक मार्क जुकरवर्गकी पत्‍नी हुन । उनले घर नहुनेहरुका लागि आवास सङ्कट राहत ३.६ मिलियन डलर दान गर्दै अभियानको सुरुवात गरेकी हुन् । गरिब कामदारहरूको हितमा सानफ्रान्सिस्को उपमहानगरमा बसोबास गर्दै आएका आवास क्षेत्रमा उक्त आवास परियोजा सुरुवात गर्न लागिएको मर्करी न्युजले उल्लेख गरेको छ ।

फेसबुकको मुख्य अफिस नजिक रहेको बासोबास गर्ने घरवार विहीनहरुको लागि सामुदायिक कानुनी सेवा परामर्श प्रदान गर्नेछ जसलाई इस्ट पालो अल्टोमा नामले चिनिनेछ । यसको लगात करिब ३१ लाख डलर रहनेछ । यो लगानीले त्यहाँ बसोबास गर्ने धनीहरुसँग सशक्त रूपमा अदालतमा उत्रिन सहयोग हुने बताइएको छ । उक्त संस्थाले गरिब तथा असहायलाई नि:शुल्‍क कानुनी सेवा प्रदान गर्नेछ ।

यसका साथै उक्त पैसाले गरिबहरुको घरभाडामा खर्च गरिनेछ भने कानुनी परामर्श दिने वकिलहरुलाई उपलब्ध गराइनेछ । यो संस्थाले तीन वर्षमा करिब २ हजार ५ सय निवासीहरुलाई राहत पुर्‍याउने लक्ष्य लिएको छ । नीति र पोलिसीका सीजेडआइका अध्यक्ष डेभिड प्लाउफी भन्छन्, ‘निम्‍न आयस्तरका मानिसहरूलाई समुदायमा मानव विकासको क्षमता बढाइनेछ भने उनीहरूको आयस्तर बढाउन समान अवसर प्रदान गरिनेछ। यो नै हाम्रो मिसन हुनेछ।’ एजेन्सी फोटो: फेसबुक

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू