अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५७ | Colorodo: 16:12

सदस्यता अभियानको घोषणासंगै एन. आर. एन. जर्जियाको भेला सम्पन्न

बिआरटीनेपाल २०७३ माघ २४ गते २२:२७ मा प्रकाशित

एन.आर.एन.अमेरिकाको सबैभन्दा नयाँ स्टेट च्याप्टर ‘एन. आर.एन. जर्जिया’ को भेला आइतबार सम्पन्न भएको छ । एन.आर.एन. सदस्यता नवीकरण र बढाउने अभियानको घोषणा संगै फेब्रुअरी ५ तारिखका दिन जर्जिया राज्यको एटलान्टा शहरमा एन.आर.एन जर्जियाको भेला सम्पन्न भएको हो ।

बिहान ११ बजेबाट दिउँसो १ बजे सम्म चलेको उक्त भेला समयमै कार्यक्रम चलाउने र अन्त गर्ने अभियान लिएर सुरु भएको थियो ।

कार्यक्रममा नेपाली एसोसिसेयन अफ जर्जिया (नाग), नेपाली एसोसिसेयन अफ साउथ इस्ट अमेरिका (नासा), एसोसिसेयन अफ नेपलिज इन अमेरिका (ए.एन.ए.), नेपाली कल्चरल सेन्टर (एन.सी.सी.), र ब्लड डोनर्स अमेरिका ( जर्जिया च्याप्टर (बि.डी.ए) लगायतका प्रमुख स्थानीय र क्षेत्रीय संघ(संस्थाहरुको उपस्थिति थियो ।

कार्यक्रमको उद्घाटन गर्दै एन.आर.एन. अमेरिकाको ‘स्वास्थ्य तथा सेवा समितिका’ अध्यक्ष डा. सन्जीब सापकोटाले स्वागत मन्तव्य राखेका थिए । सापकोटाले जर्जिया राज्यमा एन.आर.एन च्याप्टर समयको आवश्यकता रहेको बताए ।

त्यस्तै एन।आर।एन। अमेरिका बोर्डका सदस्य गोबिन्द श्रेष्ठले समग्र नेपाली समुदायको हक-हीतको लागि लड्ने एन.आर.एनको विधानमै राष्ट्रिय र स्टेट च्याप्टरको व्यस्था भएको प्रस्ट्याए भने च्याप्टरका अध्यक्ष मोहन तिमिल्सिनाले एन।आर।एन। जर्जिया च्याप्टर खोलेदेखी जर्जियामा फरक कार्यक्रमहरु बढेका सन्दर्भ सुनाएका थिए ।

अर्का बक्ता नेपाली एसोसिसेयन अफ जर्जिया ९नाग० का अध्यक्ष दामु डंगोलले २००१ मा स्थापित जर्जियाको सबैभन्दा पुरानो र ठूलो संस्था नागलाई नै एन.आर.एन. अमेरिकाले आफ्ना कार्यक्रमहरु गर्न दिनुपर्ने कुरा कार्यक्र्रममा उठाएका थिए ।

त्यस्तै एसोसिसेयन अफ नेपलिज इन अमेरिका (ए.एन.एका प्रतिनिधि डा. अनुप श्रीवास्तवले जर्जिया च्याप्टर खडा भएर भैरहेका संघ(संस्थामाथि अर्को संस्था थपिएर नेपाली समुदायलाई समय र खटनको हिसाबले गार्हो हुने कुरा राखेको थिए भने नेपाली कल्चरल सेन्टर (एन.सी.सी.) का प्रतिनिधि जनक बरालले स्थानीय संघ-संस्थाहरुले एक-अर्कालाई हातेमालो गर्दै अगाडी बढ्नु पर्ने धारणा राखेका थिए ।

नासाका सल्लाहकार केशब शर्माले जर्जिया च्याप्टरले अरु संघ(संस्थाहरुसंग सहकार्य गर्नु पर्ने बताएको कार्यक्रममा ब्लड डोनर्स अमेरिका ( जर्जिया च्याप्टर (बि.डी.ए.) का संयोजक भविन्द्र बस्नेतले पनि संघ-संस्थाहरु मिलेर अगाडी बढ्नु पर्ने र यो कार्यमा बि.डी.ए.ले सक्दो सहयोग गर्ने बताएका थिए ।

कार्यक्रमको समापन गर्दै जर्जिया च्याप्टरका उपाध्यक्ष विश्वमान आन्ग्देम्बेले एन.आर.एन च्याप्टरको उदेश्य र काम अरु संस्थाभन्दा फरक रहेको, मूलतस् जर्जियामा बस्ने नेपालीलाई नेपालमा बस्ने नेपालीसंग सम्बन्ध बढाउने रहेको प्रस्ट पार्दै एन।आर।एन। अमेरिकाबाट अहिले नेपाली डायस्पोरा लगानी कोष (एन.डी.आइ.एफ.), र नेपाल-अमेरिका दोहोरो कर निलम्बन सन्धि जस्तो २ वटा महत्वाकांक्षी योजनामा काम भैरहेको बताउँदै दुवै सफल भए, बिसेषत: पहिलोले, अमेरिकामा बस्ने बिद्यार्थी देखि उद्धमीसम्म आम एन.आर.एनले २-४ हजार आफ्नो मातृभूमि नेपालमा लगानी गर्ने अवसर खुल्ने बिश्वास ब्यक्त गरेका थिए ।

उनले अबको एन.आर.एन युवाहरुको पनि एन। आर। एन। अनि आम एन.आर.एनको लागि हुनु पर्नेमा जोड दिंदै जर्जियामा सदस्य तेब्बर बढाउने लक्ष्यको घोषणा गर्दै अबको जर्जिया च्याप्टर बोर्ड २०१७-१९ पूरा २ बर्षको लागि पूर्ण ११ सदस्यको बनाउने घोषणा समेत गरेका छन् ।

आन्ग्देम्बेले व्यक्तिभन्दा संस्था ठूलो र संस्थाभन्दा संसारभरी छरिएर रहेको नेपाली समुदाय ठूलो भएकोले आफ्नो व्यक्तिगत तथा संस्थागत पूर्वाग्रहभन्दा माथि उठी संसारभरीको नेपाली समुदायको राम्रोको लागि सोच्नु पर्ने र काम गर्नु समय आएको बताए ।

स्थानीय उद्धमी बाबुराम शर्माको ‘सितार इन्डियन कुजिन’ मा भएको कार्यक्रममा प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने जर्जिया च्याप्टरले पहिलो पटक कार्यक्रमको फेसबुक लाइभ प्रशारण पनि गरेको थियो ।

प्रतिक्रिया