अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२४ | Colorodo: 13:39

अमेरिकामा मृत्यु भएकी निशा कार्कीको परिवारलाई ४५ लाख सहयोग

बिआरटीनेपाल २०७३ माघ २४ गते १८:३७ मा प्रकाशित

नेपाली राजदूतावासले समन्वय र प्रभावकारी काम गरेन – कृष्ण लामिछाने, अध्यक्ष-नेपाली समाज टेक्सस

काठमाडौँ—अमेरिकाको ओक्लाहोमा मृत्यु भएकी निशा कार्कीको परिवारलाई रु ४५ लाख सहयोग गरिएको छ। नेप्लिज सोसाइटी टेक्सस, अमेरिकाबाट सङ्कलन गरिएको रु ३३ लाख ५० हजार र ओक्लाहोमा एसोसिएसन अफ नेप्लिज एण्ड द युनिभर्सिटी कम्युनिटीबाट सङ्कलित करिब रु ११ लाख २० हजार गरी जम्मा रु ४५ लाख रकम नेपालको होली हिमालय ट्रस्टमार्फत सहयोग गरिएको हो ।

अमेरिकाको ओक्लाहोमा इस्ट सेन्ट्रल युनिभर्सिटीमा नर्सिङ विषय अध्ययनरत धादिङकी कार्कीको गत नोभेम्बर १६ गते हृदयाघातका कारण मृत्यु भएको थियो । काठमाडौँमा आयोजित एक कार्यक्रममा सिँचाइमन्त्री दीपक गिरीले उक्त सहयोग रकमको चेक स्व. कार्कीकी आमा कल्पनालाई हस्तान्तरण गरेका हुन । अमेरिकाको ओक्लाहोमा इस्ट सेन्ट्रल युनिभर्सिटीमा नर्सिङ विषय अध्ययनरत धादिङकी कार्कीको गत नोभेम्बर १६ गते हृदयाघातका कारण मृत्यु भएको थियो ।

उनी परिवारकी एक मात्र छोरी हुन् । सानै उमेरमा बुबा गुमाएकी उनको निधन लगत्तै दुई हप्ताको अवधिमा नेपाली समुदायबाट करिब ८० हजार डलर सङ्कलन गरिएको र बाँकी उनी अध्ययनरत युनिभर्सिटीका एक हजार २८४ विद्यार्थीमार्फत रकम सङ्कलन भएको नेपाली समाज टेक्सासका अध्यक्ष कृष्ण लामिछानेले बताए । सो अवसरमा सिँचाइमन्त्री गिरीले नेप्लिज सोसाइटीले नेपालीको पीडामा सहयोगका साथै अमेरिकामा नेपाली संस्कृति संरक्षण, शैक्षिक प्रवद्र्धनमा खेलेको भूमिकाको सराहना गरे ।

कृष्ण लामिछाने, अध्यक्ष-नेपाली समाज टेक्सस

उनले अमेरिकामा मात्र नभई धेरै मुलुकमा विभिन्न सिलसिलामा जाने नेपाली माथि यस्ता दुःखद् र पीडादायी घटना हुने गरेको र त्यहाँ स्थित नेपाली राजदूतावासले समन्वय र प्रभावकारी काम गर्न नसकेको टिप्पणी गरे । नेपाली समाज टेक्सासका अध्यक्ष लामिछानेले एक वर्षको अवधिमा अमेरिकामा १२ जना नेपालीको निधन भएको र यो अवधिमा अमेरिका स्थित नेपाली राजदूतावासले कुनै समन्वय र सहयोग नगरेको भन्दै दुःखेसो व्यक्त गरे । रासस

प्रतिक्रिया