अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:५१ | Colorodo: 16:06

साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता

बिआरटीनेपाल २०७३ माघ २४ गते १२:५९ मा प्रकाशित

काठमाडौँ, माघ २४ गते । महानगरीय प्रहरी अपराध महाशाखामा चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता भएका छन् । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या बढेको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले प्रविधिको विकाससँगै साइबर अपराधको घटनामा वृद्धि आएको बताउनुभयो । उहाँले भन्नुभयो, “गत आवमा ८३० उजुरी महाशाखामा परेपनि यो चालु आवको ६ महिनामा नै ५६० उजुरी दर्ता भएको छ ।”

महाशाखामा उजुरी दर्ता भएमध्ये ११ घटनाको मुद्दा चलाएको रायले जानकारी दिनुभयो । त्यसमध्ये सामाजिक सञ्जालमार्फत अपराध गर्ने ११, एटिएममार्फत ठगी गर्ने एक र अनलाइन चिठ्ठा प¥यो भनी ठगी गर्ने एक घटना रहेका छन् । महाशाखाले गत आवमा १७ घटनाको मुद्दा चलाएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू