अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:२९ | Colorodo: 09:44

गायक बैकुण्ठ महत ‘मादल’ लिएर बजारमा

बिआरटीनेपाल २०७३ माघ २३ गते ५:१३ मा प्रकाशित

गुल्मी जिल्लामा जन्मी हाल नेपालको राजधानी काठमाडौ बस्दै अाएका गायक बैकुण्ठ महतले धेरै दर्शक श्रोताको प्रतिक्षामा रहेको गीत “मादल ” सार्वजनिक गरेका छन । सामाजिक यथार्थ र मौलिकतालाई बिशेष ध्यानमा राखेर गीत बजारमा ल्याउन खप्पिस गायक तथा सर्जक महतले केहि समय अगाडि “ हाम्रो नेपाल हामी नेपाली ” बजारमा ल्याएका थिए जुन गीतले चौतर्फि चर्चा बटुल्न सफल भएको थियो ।

पहाडमा दुध भैसीको खान्छन हिमालमा चौरीको

बैसलाई साथी हात पाखुराको बुढेशकाल लौरीको

, ए सानो मादल घिन्ताङ घिन्ताङ, ठुलो मादल धुन्न

 मरी जाने जिन्दगीको केहि भरोसा हुन्न-  सानुमाया ।

जस्ता शब्द समावेश गरियको मादल एल्बममा शब्द संगित स्वर बैकुण्ठ महतकै रहेको छ भने गीतलाई बिन्ध्यवासिनी म्युजिक प्रा.ली.ले बजार ब्यवस्थापन गरेको छ ।

 

प्रतिक्रिया