अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१८ | Colorodo: 21:33

धरानमा SW फेसन प्यारेड हुँदै

बिआरटीनेपाल २०७३ माघ २२ गते ८:५६ मा प्रकाशित

धरान, फेसनको राजधानी भनेर चिनिने धरानमा चार वर्षको अन्तरालमा भव्य फेसन सो आयोजना हुने भएको छ ।गत वर्ष SW फेसन प्यारेड २०७२ आयोजना गरेको भिंटेज इभेन्ट्सको आयोजनामा SW फेसन प्यारेड-२ आगामी फाल्गुन २७ गते धरान १५ स्थित इजी राइडर्स होटलको प्रागनमा आयोजना हुने भएको छ । 

गएको वर्ष स्थानीय मोडलहरु र स्थानीय बुटिकको सहभागितामा SW फेसन प्यारेड २०७२ को सफल आयोजना पछि भिंटेज इभेन्ट्सले त्यसै इभेन्टको निरन्तरता गर्दै राष्ट्रिय स्तरका र स्थानीय चर्चित मोडलहरु सँगै नयाँ मोडलहरुको पनि सहभागिता गराएर भव्य फेसन सो आयोजना गर्ने तयारी गरेको हो । फाल्गुन दोस्रो हफ्ता नयाँ मोडलहरुको अडिसन आयोजना गरेर ट्रेनिङ समेत दिइने भिंटेज इभेन्ट्सका एस डब्लु लामिछानेले बताए । नयाँ पुराना गरी १८ देखि २२ जना मोडलहरुको सहभागिता सोमा रहने छ । 

लाइट, साउण्ड तथा स्टेजको कम्बिनेसन मिलाएर पूर्वकै भव्य फेसन सो हुने लामिछाने बताउछन् । ट्रेडिसनल, मोडर्न, क्याजुअल, सारी लगायतको स्थानीय तथा राष्ट्रिय स्तरका चर्चित बुटिकका डिजाइनमा मोडलहरुले र्याम्प नाप्नेछन् । चार वर्ष अघि धरानमा आयोजना भएको फेशन ट्रेन्ड्स २०१२ र ट्रेन्डसेट्रस पछिको ठुलो फेसन सोको रूपमा आयोजना हुने उक्त सोको इभेन्ट म्यानेजमेन्ट सिल्भर इन्टरटेनमेन्टले गर्नेछ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू