अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४४ | Colorodo: 18:59

‘ओम ज्ञान मन्दिर सम्मान’ गायक तथा संगीतकार योगेश बैद्यलाई

बिआरटीनेपाल २०७३ माघ २२ गते २:२० मा प्रकाशित

ओम ज्ञान मन्दिर सेकेण्डरी स्कुल लोकन्थलीले यस वर्षको ‘ओम ज्ञान मन्दिर सम्मान २०७३’ गायक एवम् संगीतकार योगेश बैद्यलाई प्रदान गरेको छ । भक्तपुरको लोकन्थलीमा रहेको स्कुलले २२ औ वाषिकोत्सव र अभिभावक दिवसको अवसर पारी शनिबार गायक एवम् संगीतकार बैद्यलाई नगद १० हजार एक रुपैयाँसहित सम्मान गरेको हो ।

विद्यालयका प्रिन्सिपल रामप्रसाद सुवेदीले बैद्यलाई ‘ओम ज्ञान मन्दिर सम्मान २०७३’ को सम्मान प्रदान गर्नुभएको हो । जिल्ला शिक्षा कार्यालयको मूल्यांकनमा जिल्लाकै दोस्रो र राष्ट्रिय स्तरमा १३ औ स्थानमा आउन सफल विद्यालयले हरेक वर्ष वार्षिकोत्सवको अवसर पारेर संगीतकार र साहित्यकारलाई सम्मान गर्दै आएको छ ।

विद्यालयकी शिक्षिका कुन्ती मोक्तानले गीत गाएर मनोरञ्जन प्रदान गरेकी थिइन् । कार्यक्रममा विद्यार्थीले विभिन्न साँस्कृतिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू