अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:३७ | Colorodo: 13:52

पक्राउ परेका सिके राउतलाई थप १० दिन थुनामा राख्न अदालतको आदेश

बिआरटीनेपाल २०७३ माघ २१ गते ६:५३ मा प्रकाशित

राज्यविरुद्धको सङ्गठित अपराध मुद्दामा बिहिबार पक्राउ परेका स्वतन्त्र मधेस गठबन्धका संयोजक सीके राउतलाई थप १० दिन थुनामा राखिने भएको छ । मुद्दामा थप अनुसन्धान गर्नुपर्ने भन्दै इलाका प्रहरी कार्यालय लहानले म्याद थप माग गरेपछि सिरहा जिल्ला अदालतले राउतलाई थप १० दिन थुनामा राखि अनुसन्धान गर्न आदेश दिएको हो ।

गएको ५ गते सिरहाको लहानको सभामा राउतले मधेस छुट्टै देश बन्ने अभिव्यक्ति दिनुको साथै देश टुक्र्याउने गतिविधि सञ्चालन गर्दै आएकाले उनि बिरुद्ध उहाँमाथि राज्यविरुद्ध सङ्गठित अपराधअन्तर्गत मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकार दिएका छन् ।

नायब उपरीक्षक केसीका अनुसार अनुसार अदालतको यो आदेशसँगै राउतलाई थुनामा राखी अनुसन्धान गर्न र उनले सञ्चालन गरिरहेका गतिबिधि विरुद्ध थप प्रमाण जुटाउन सहज हुनेछ ।

राज्यविरुद्धको अपराध र सजाय ऐन २०४६ मा कसैले नेपालको सार्वभौमसत्ता, अखण्डता वा राष्ट्रिय एकतामा खलल पार्ने नियतले कुनै अव्यवस्था उत्पन्न गरेमा वा सो गर्ने उद्योग गरेमा जन्मकैद हुने कानुनी व्यवस्था रहेको छ ।

सप्तरीको महदेवा गाविस घर भई जनकपुरमा कोठा भाडा लिएर बस्दै आएका राउतलाई बिहीबार जनकपुर माछाबजार स्थीत कोठामा छापा मारेर प्रहरीले पक्राउ गरेको थियो । राउतविरुद्ध यसअघि पनि विशेष अदालतमा राज्य विप्लबको मुद्दा चलेको थियो । त्यो समय राउत धरौटीमा छुटेका थिए ।

राउतलाई म्याद थपको लागि अदालत लगिने भएपछि शुक्रबार बिहानैदेखि लहानको सुरक्षा व्यवस्था कडा पारिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू