अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२६ | Colorodo: 08:41

अमेरिकाका कराते खेलाडी उज्ज्वल ठकुरीद्वारा नयाँ आविष्कार र विश्वलाई चुनौती (भिडियो सहित)

बिआरटीनेपाल २०७३ माघ २० गते १३:०३ मा प्रकाशित

डिसी महानगर क्षेत्रमा बसोबास गर्ने भुतपुर्ब सितेरियो खेलाडी हाल अमेरिकन मारिन गोजु कराते दुई डान उज्जवल ठकुरी ले एक पछि अर्को गर्दै नयाँ कुरा किर्तिमान गर्ने प्रयासमा छन् ।

उनले भ्यान ड्याम शैली मा दुवै खुट्टा फाडेर केवल दाँतको भरमा ४० पाउण्ड उठाएका छन् l र खतरा भएकोले कसैलाई पनि घरमा कोसिस नगर्नु भन्दै आफूले दाँतले उठाई नयाँ अनौठो प्रयास गरेका छन् ।

केही समय अगाडी मात्र अमेरिका गट ट्यालेन्टको प्रारम्भिक चरणको लागि सहभागी जनाएर आएका थिए । ठकुरी गिनिज बुक अफ वर्ल्ड रेकर्डको नजदीक पनि रहेका छन् । उनले सम्पूर्ण कागजात पठाई सकेका छन् भने केही समय भित्र नतिजा प्रतीक्षामा रहेको बताएका थिए ।

ठकुरीले हाल सम्म १३ स्वर्ण ,४ रजत तथा ४ काश्य पदक हात पारि सकेका छन् l ठकुरीले अमेरिकाका सात वटा राज्यमा कराते खेलमा पदक प्राप्त गर्ने खेलाडी हुन् । ठकुरी अमेरिकामा २०१६ को १० औ चर्चित नेपाली मध्ये एक हुन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू