अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४१
| Colorodo: 10:56
स्वतन्त्र मधेस गठबन्धनका संयोजक सिके राउत जनकपुरबाट पक्राउ परेका छन् । राउतलाई बिहीबार दिउँसो जनकपुरको माछाबजार स्थित उनकै कार्यालयबाट पक्राउ गरिएको हो ।
‘जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालमणी आचार्यलका अनुसार इलाका प्रहरी कार्यालय लाहानबाट सिके राउतलाई पक्राउ गर्नका लागि पत्र आएको थियो’। सोही आधारमा राउतलाई पक्र्राउ गरिएको हो ।
पछिल्लो समय उनले सिरहामा भएको आमसभामा मधेस टुक्राउने भनि खुलेआम अभिव्यक्ति दिएका थिए । सोलगत्तै उनलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको थियो । सो आमसभा माघ ५ मा भएको थियो ।