अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:१२ | Colorodo: 02:27

सरस्वती पुजा तथा अभिभावक भेला सम्पन्न

बिआरटीनेपाल २०७३ माघ २० गते ५:२० मा प्रकाशित

तुलसीपुरमा रहेको इन्नोभेटिभ ज्ञानज्योति पब्लिक स्कुलले सरस्वती पुजा तथा अभिभावक भेला विभिन्न कार्यक्रमका साथमा मनाएको छ । बुधबार एन प्याव्सनका केन्द्रीय सदस्य सुवोध कुमार डाँगीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ज्ञानज्योति एजुकेशन फाउन्डेसनका अध्यक्ष टिकावहादुर जिसीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा एन प्याव्सनका अध्यक्ष प्रकाश कुमार शर्मा, अभिभावक मिनकुमार न्यौपाने लगायतले आफ्नो धारणा राखेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य तथा गीत प्रस्तुत गरेका थिए । विद्यालयले एक साता देखि आयोजना गरेको साताव्यापि कार्यक्रमका विजेताहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

विद्यालयका प्रिन्सिपल लोकेन्द्र खड्काको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण पत्रकार वसन्त विवश आचार्यले गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू