अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:०८ | Colorodo: 05:23

जर्सी सिटी मेयरद्वारा नेपाली सामाजिक अभियन्ता डा. बिष्णुमाया परियारलाई डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार बोर्डमा नियुक्त

बिआरटीनेपाल २०७३ माघ १९ गते २३:१६ मा प्रकाशित

जर्सी सिटी, न्यू जर्सी, अमेरिका- अमेरिकाको न्यू जर्सी राज्यको जर्सी सिटी सहरका मेयर स्टेफन फुलपले एक एक्सिक्यूटिभ अर्डर जारी गरी नेपाली सामाजिक अभियन्ता डा. बिष्णुमाया परियारलाई डाईभर्सिटी तथा ईन्क्लुसन सल्लाहकार बोर्डमा नियुक्त गरेका छन् । १२ सदस्यीय सल्लाहकार बोर्डमा साउथ एशियन कम्यूनिटीबाट डा. परियारलाई नियुक्त गरिएको हो । जर्सी सिटी सहरमा सांस्कृतिक, भाषिक, लैंगिक र क्षेत्रको आधारमा हुने विभेदको अन्त गर्न अफिस अफ डाईभर्सिटी तथा ईन्क्लुसन अन्तर्गत उक्त सल्लाहकार बोर्ड स्थापना गरिएको जनाईएको छ ।

मेयर फुलपद्वारा जारीमा भनिएको छ:

“The Board shall advise on methods the City can take to eradicate and remediate discrimination, violence and economic disparities affecting the City’s historically under represented constituencies. The Board shall further advise on policies to ensure equal access to education, employment and economic opportunity as well on programming to foster cultural awareness of the City’s many diverse communities.” 

दुई वर्षको पदावधी रहेको उक्त सल्लाहकार बोर्डको को-चेयारमा काउन्सिल पर्सन एट-लार्ज जोएस वाटरम्यान र प्रमुख डाईभर्सीटी अफिसर रेगिनाल्ड मेकारीया नियुक्त गरिएका छन् भने मेयरद्वारा नियुक्त सल्लहाकार सदस्यहरूमा माईकल काबिली, अलेक्जाण्डर मागालोन, डेभिड ए रोसेन, चिपो साचिरार्वे र डा. बिष्णुमाया परियार रहेका छन् । अन्य सदस्यहरूमा एक्स्-अफिसियो मेम्बर र सिटीको विभिन्न विभागका प्रतिनिधिहरू रहनेछन् । डा. परियार ‘एड्वान’ संस्थाकी संस्थापक अध्यक्ष हुन् । उनी हाल जर्सी सिटीस्थित केयर पोईण्ट हेल्थ ग्रुप संस्थामा घरेलु हिंसा र साउथ एशियन कम्यूनिटी हेर्ने आउउटरिच को-अर्डिनेटर छिन् ।

डा. परियारको संस्था एड्वान (ADWAN.ORG) ले नेपालका दलित र सिमान्त्कृत समुदायका महिला र बालबालिकाहरुको सशक्तिकरण र शिक्षाको क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप अमेरिकाकै जर्जिया राज्यको लुइसभिल सहरका मेयर ग्रेग फिसरले सन् २०१५ मा सेप्टम्बर २७ तारिखलाई ‘डा. विष्णु माया परियार डे’ घोषणा गरेका थिए । मेयर फुलपले सन् २०१५ को जुलाई २४ तारिख डा. परियार संस्थापक अध्यक्ष रहेको वोमन फर कज संस्थालाई जर्सी सिटी काउन्सिलबाट नेपालमा गएको महाभूकम्पबाट प्रभावित नेपालीहरूको लागि टिपिएस प्रस्ताव पारित गर्न अहम भूमिका खेलेकोमा सिटी प्रोक्लेमेसनद्वारा कदर गरेका थिए l

प्रतिक्रिया