अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१६ | Colorodo: 08:31

हत्या अभियोगमा ७ बर्ष साउदी जेलमा बिताएका ११ नेपालीद्वारा प्रधानमन्त्रीलाई धन्यवाद

बिआरटीनेपाल २०७३ माघ १८ गते ९:४६ मा प्रकाशित

सात वर्षअघि भारतीय नागरिकको हत्या अभियोगमा साउदी जेलमा परेका ११ नेपालीले नेपाल फर्कीएको डेढ महिनापछि प्रधानमन्त्री पुष्पकमल दाहालसंग भेट गरेका छन् । भारतिय नागरिकको हत्या अभियोगमा साउदी जेलमा ७ बर्ष बिताएका उनिहरु निर्दोस सावित भएर नेपाल फर्कीएपछि मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री दहालसंग भेट गरेका हुन् ।

७ बर्ष साउदीमा जेल जीवन बिताएर फर्कने ११ नेपालीहरुमा नवलपरासीका कृष्णबहादुर दमाई, रुपन्देहीका भक्तबहादुर दर्जी, रसुवाका सोम तामाङ, धादिङका रामबहादुर तामाङ, तनहुँका केशबहादुर नेपाली, भोजपुरका श्रीकुमार राई, ओखलढुङ्गाका बीरबहादुर बुढाथोकी, झापाका दिपेन शेर्मा, मोरङका चक्रबहादुर गुरुङ र मोरङका भीमप्रसाद चिमरिया रहेका छन् । उनिहरु हत्या अभियोगमा सन् २०१० फेब्रुअरी देखी साउदीको जेद्दा बराइमान जेलमा कष्टकर जीवन बिताउँदै आएका थिए ।

प्रधानमन्त्री दहालले आफुहरुलाई नेपाल फर्काउन सहयोग गरेको भन्दै धन्यवाद दिन बालुवाटार पुगेका उनिहरुले प्रदेशमा लामो समय जेल जीवन बिताउनु पर्दा पारिवारिक जीवन अस्तव्यस्त भएको भन्दै सरकारसँग सहयोगका लागि अनुरोध पनि गरेका छन् ।

कामका लागि साउदी गएका उनीहरुमाथि भारतीय नागरिकको हत्या अभियोग लगाइएको थियो । करिब साढे पाँच वर्षपछि अदालतले निर्दोष सावित गरेपछि प्रधानमन्त्री कार्यालय र नेपाली दूतावासको सहयोगमा डेढ महिनाअघि उनीहरु नेपाल फर्किएका हुन् ।

दूतावासका कर्मचारीले बेलैमा पहल गरेको भए आफुहरु जेल परेको एक दुई महिनामै छुट्न सक्ने भए पनि त्यो पहल नभएको र प्रधानमन्त्री दाहालले आफुहरुलाई सहयोग गरिदिंदा नेपाल फर्कन पाएकेमा आभार प्रकट गरे ।

जेलबाट छुटेका नेपालीसँगको भेटमा कुराकानी गर्दागर्दै भावुक बनेका प्रधानमन्त्रीले भने, ‘तपाईहरुको कुरा सुन्दा निकै दुःख लाग्यो । विदेशमा यस्ता पीडा भोग्ने थुप्रै नेपालीहरु छन्, ‘मेरो नेतृत्वमा सरकार बनेपछि मैले विदेशमा रहेका नेपालीलाई के गर्न सकिन्छ भनेर आफ्नो ठाउँबाट प्रयास गरिरहेको छु ।’

भेटमा क्रममा पीडितहरुले साउदी जेलभित्रै मृत्यु भएका झापा मधुबनका उमेश श्रेष्ठको मृत शरीर नेपाल ल्याउने व्यवस्था गर्न र परिवारलाई राहतको व्यवस्था गर्न प्रधानमन्त्रीसँग आग्रह गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू