अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:२५ | Colorodo: 13:40

जन सम्पर्क समिति अमेरिकाका पदाधिकारी एक वर्ष पछि एउटै मञ्चमा

बिआरटीनेपाल २०७३ माघ १७ गते १७:४३ मा प्रकाशित

न्यु योर्क । एकले अर्को समूहको अस्थित्व अस्वीकार गर्दै आएका नेपाली काग्रेसको प्रवासी भातृ सङ्गठन जन सम्पर्क समिति अमेरिकाका पदाधिकारी झन्डै एक वर्ष पछि एउटै मञ्चमा बसेका छन् । काग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री सुशील कोइरालाको प्रथम स्मृति सभाले उनीहरूलाई एउटै मञ्चमा ल्याएको हो ।

नेपाल डे परेड, काग्रेस महाधिवेशन प्रतिनिधि छनौट र भूकम्प पीडितका लागि उठाइएको राहत रकमलाई लिएर अध्यक्ष आनन्द विष्ट र महासचिव मुनिन्द्र नेम्वाङ पक्ष बिचको विवाद उत्कर्षमा पुगेको थियो । दुवै पक्ष बिच एकले अर्कोलाई बर्खास्त गरेको भन्दै विज्ञप्ति जारी गर्ने होड नै चलेको थियो । यस्तै भूकम्प पीडितका लागि उठाएको रकम एकले अर्को पक्षले हिनामिना गरेको भन्दै पत्रकार सम्मेलन नै गरेका थिए ।

दुई साता अगाडी टेक्सासमा भएको गैर अवासीय नेपाली सङ्घ अमेरिकाको साधरण सभाको क्रममा परराष्टमन्त्री तथा काग्रेस नेता डाक्टर प्रकासशरण महतको उपस्थितिमा दुवै एक आपसमा भएका असहमति र आरोप फिर्ता लिन राजी भएका थिए ।

जन सम्पर्क समिति अमेरिका न्यु योर्क च्याप्टरले कोइरालाको स्मृतिमा आयोजना गरेको “नेपालको संविधान निर्माणमा सुशील कोइरालाको भूमिका” विषयक अन्र्तकृया कार्यक्रममा दुवै पक्षले आफुहरुबीचको विवाद अन्त भएको सार्वजनिक घोषणा गर्दै अब सङ्गठन विस्तारमा जुट्ने प्रतिबद्धता जनाए ।

अध्यक्ष विष्टले लामो समय पछि सङ्गठनको विवाद अन्त्य भएका भन्दै यो समयमा सुशील कोइराला जीवित भएको भए उहाँ धेरै भन्दा खुसी हुनु हुन्थ्यो भन्दै अबका दिन सङ्गठनलाई आफूले एकजुट बनाएर लैजाने बताए । यस्तै महासचिव नेम्वाङले सङ्गठनको विवाद अन्त्य भएको भन्दै आउँदा दिनमा सबै एक भएर अगाडी बढ्ने धारणा राखे ।

कार्यक्रममा काग्रेस नेता विद्या सागर योन्जनले सुशील कोइरालाको सादगि जीवनका बारेमा चर्चा गर्दै अमेरिकामा रहेका नेपाली काग्रेस समर्थकमा आएको एकताले आफूलाई खुसी लागेको बताए । यस्तै जन सम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विष्णु सुवेदी, जनसम्पर्कका सचिव भोजराज ठोकर, एनआरएन अमेरिकाकी उपाध्यक्ष बन्दना कोइराला लगायतले पनि सुशील कोइरालाको काग्रेसको अबको गन्तब्यका बारेमा आ आफ्ना धारणा राखेका थिए ।

प्रतिक्रिया