अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:४४ | Colorodo: 16:59

सम्झीयो कोईरालालाई न्यू-योर्क च्याप्टरले 

बिआरटीनेपाल २०७३ माघ १७ गते ०:४६ मा प्रकाशित

न्यू-योर्क च्याप्टर अमेरिकाले नेपाली काँग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री स्व.शुशिल कोईरलाईलाई सम्झेको छ । आईतवार नेपाली जनसम्पर्क समिति न्यू-योर्क च्याप्टर अमेरिकाले ‘नेपालको संविधान निर्माणमा शुशिल कोईरालको भूमिका’ बिषयक एक वृहत कार्यक्रमको आयोजना गरी कोईरलाको योगदानलाई स्मरण गरेको हो ।

स्थानिय न्यूयोर्क शहरको, ज्याक्सन हाईटमा गरिएको उक्तकार्यक्रममा बिभिन्न संस्थाका प्रमुख एवं प्रतिनिधिहरू,समाजसेवी,बुद्दिजिवी,व्यवसायी, पत्रकार,कलाकार,साहित्यकार तथा आम जनसमुदायको उल्लेखनीय उपस्थिति रहेको थियो ।

प्रमुख अथिति नेपाली जनसंपर्क समिति अमेरिकाको सभापति आनन्द बिष्टले लामो समय पछि संगठनको विवाद अन्त्य भएकोले यतिवेला शुशिल दाई भए अत्यन्तै खुशि हुने कुरा राख्दै , आउँदा दिनमा संगठनलाई एकजुट बनाएर लाने कुरा बताएका थिए । बिशेष अथिति नेपाली काँग्रेस अमेरिकाका नेता विध्या सागर यन्जनले शुशिल कोईरालाको सादगि जिवनको कुरा कोट्याउँदै, संगठनको मिलनले आफु खुशि भएको कुरा राखेका थिए ।

नेजस अमेरिकाका संयोजक विष्णु सुवेदिले शुशिल कोईराला पदको लोप नभएका नेता भएको कुरा बताएका थिए । नेपाली जनसंपर्क समिति अमेरिकाका महासचिव मुनिन्द्र नेम्बाङले लामो समय पछि शुशिल कोईरालाको नेतृत्वमा संविधान बनेकोले, नेपाली जनताले उहाँलाई सधैं सधैं संम्झीरहने कुरा राख्दै, संविधानको कार्यान्वयनका लागि काँग्रेसले सबैलाई मिलाएर लानुपर्ने कुरामा जोड दिएका थिए । संगठनको विवाद अन्त्य भईसकेकोले आउँदा दिनहरूमा संस्था एक ढिक्का भएर अघि बड्ने कुरा समेत मन्तव्यको क्रममा महासचिव नेम्बाङले राखेका थिए ।

नेजस अमेरिकाका सचिव भोजराज ठोकरले शुशिल कोईरालाको साधारण जीवन शैलीको बारेमा चर्चा गरेका थिए । एनआरएन अमेरिकाका उपसभापति बन्दना कोईराला , नेजसका केन्द्रीय सदस्य द्दय सुवास लामा र हरी शर्मा नेजस न्यू-योर्क च्याप्टर अमेरीकाका उप-सभापति अमर तामांग र सदस्य वृन्दा राई, एनआरएन न्यू-योर्क च्याप्टरका सचिव रामहरी अधिकारी, तरूण दल अमेरिकाका उपाध्यक्ष छिरींग तोप्के लामा , हरीस हमाल लगायतले मन्तव्य राखेका सो कार्यक्रममा, न्यूयोर्क च्याप्टरका कोषाध्यक्ष मोना शर्मा , सचिव अनिल पाण्डे , नेता सुवर्ण लामा , टक रूवाली , मोहन श्रेष्ठ , पुनम राणा मगर समेतको उपस्थिती रहेको थियो। विपी र शुशिल कोईरालाको तस्वीरमा फुलमाला चढाएर सुरूवात गरिएको उक्त कार्यक्रमको अध्यक्षता न्यू-योर्क च्याप्टरका सभापति रोशन ढुंगनाले गरेका थिए भने सन्चालन भने च्याप्टरका महासचिव महेश मल्लले गरेका थिए ।

प्रतिक्रिया