अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:२० | Colorodo: 07:35

साहित्य समाज क्यानाडाको वसन्त श्रवणमा तीन कृति विमोचन

बिआरटीनेपाल २०७३ माघ १६ गते २२:४४ मा प्रकाशित

नेपाली साहित्य समाज, क्यानाडाले आज एक समारोहका बिच समाजको १३औं वार्षिकोत्सवसँगै सरस्वती पूजा मोहन खरेलको सरस्वती वन्दनाबाट कार्यक्रकको थालनी गरिएको थियो । त्यसपछि बालबालिकाहरुलाई पहिलो अक्षर लेखाउने कार्य गरिएको थियो । नेपालका लागि क्यानाडाका महावाणिज्यदूत डा. कुञ्जर शर्माको प्रमुख आतिथ्यमा तथा समाजका अध्यक्ष डा. गोविन्द रावतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको दोस्रो चरणमा तीन कृतिहरुको लोकार्पण गरिएको थियो ।

कार्यक्रमको प्रारम्भमा डा. तुलसी धरेलले स्वागत मन्तव्य दिँदै भर्खर नेपाली साहित्य समाज, क्यानाडाले विधिवत दर्ताकार्य पुरा गरेको जानकारी गराउनु भयो । वहाँले २००४ मा एउटा घरको कोठाबाट सुरु भएको समाजले आज वृहत् रूप लिदै गएको जानकारी गराउनु भयो । 

दोस्रो चरणको कार्यक्रममा क्यानाडामा नेपाली संस्था, संस्कृति साहित्य र पत्रिकाको थालनी गर्ने विगत ३९ वर्षदेखि क्यानाडामा बस्दै आउनु भएका श्रद्धेय किरण ढुङ्गानाको दोस्रो कति कमली उपन्यासको लोकार्पण गरिएको थियो । डा. गोविन्द रावतले कमली उपन्सायको विवेचना गर्दै ३९ वर्ष विदेशमा बसेर पनि प्रधानमन्त्री चन्द्र शमशेरदेखि विश्वेश्वरप्रसाद कोइरालासम्मको ५८ वर्षको समयावधिमा घटेका ऐतिहासिक घटनालाई काल्पनिक शाब्दिक शिल्पद्वारा तीन पुस्ताका माध्यमबाट वर्णन गरेको बताउनु भयो । आफ्नो पुस्तकका बारेमा उपन्यासकार ढुङ्गानाले आफूले यस कृतिलाई ह्दयदेखि लेखेको भन्दै क्यानाडामा ३९ वर्षअघिको नेपाली समुदायमा संस्था साहित्य र पत्रिका जन्माउँदाको अनुभव सुनाउनु भएको थियो । अर्को कृति नेपालबाट आफ्ना सन्तानलाई भेट्न आउनु भएका श्रीमती मिश्रा पोखरेलको जीवनको सेरोफेरो काव्य रचनाको लोकार्पण गरिएको थियो ।

पुस्तकका बारेमा जानकारी गराउदै उनका श्रीमान् तोरण प्रताप के.सी. ले आफू नेपाली सेनाको प्रमुख सेनानी रहेको र आफू व्यारेकमा बस्दा कवियत्रीले पत्र लेख्दा चार लाइनको कविता लेख्ने गरेको र कवितामा आफ्नो पीडा पोख्ने गरेको भन्दै उनका ती नै सबै वास्तविक पीडालाई कविताका रूपमा यस सङ्ग्रहमा ल्याएको जानकारी दिनु भएको थियो रचनाकार कवियत्री मिश्र पोखरेल केसीले कविता सङ्ग्रह निस्कनुको कारण आफ्नो पीडा रहेको बताउनु भयो । उनले अमेरिकामा छोरी भेट्न जादाको आफ्नो पहिलो भ्रमणको काव्यात्मक बयान पढेर सुनाउनु भयो । अर्का स्रष्टा समाजका महासचिव रविन थपलियाको पहिलो कविता सङ्ग्रह सपनाको मान्छे को लोकार्पण गरिएको थियो । ४४ कविताको माला गुथिएको सपनाको मान्छेको विवेचना गर्दै गोपीकृष्ण काफ्लेले रविनको कवितामा उनको जीवनको बयान रहेको बताउँदै कविताले मानवीय जीवनले भोगेको र भाग्नु परेको विवशतालाई व्यग्ंयात्मक रूपमा कविताको वाणी दिएका छन् ।

रविनले मनभीत्रको पीडादेखि आमाको माया र पलायनको अवस्थासँगै देशको अवस्थाले सिर्जिएको सामाजिक राजनैतिक विसंगतिमाथि काव्यवाण् चलाएका छन् । आफ्नो पहिलो कविता सङ्ग्रहबारे मन्तव्य दिँदै रविनले कुनै बेला एउटा सिङ्गो सङ्ग्रह प्रकाशन गराउन खोज्दा प्रकाशकको आर्थिक दबाबले गर्दा अब कवितानै नलेख्ने निर्णय गरेर सङ्ग्रहका सबै कविता च्यातेर फलेको अतीत सम्झदै आफू सानैदेखि कविता लेख्ने भएकोले केही समयको अन्तरालपछि फेरी कविता कोर्न थालेको र ती कविताले सङ्ग्रहको कलवर पाएको बताउनु भयो । तीनवटै नवकृतिको लोकार्पण महावाणिज्यदूत डा. शर्माले गर्नु भएको थियो । लोकार्पणपछि डा. शर्माले पनि आफ्नो ५४ वर्षको प्रवासवासका बारेमा जानकारी गराउँदै नेपाली भाषा साहित्यका लागि समाजले गरेको कार्यको सराहना गर्दै समाजले भाषा साहित्यको विकास र सवद्र्धनमा पु¥याएको महत्त्वपूर्ण योगदानको लागि आभार व्यक्त गर्नु भयो । कार्यक्रममा एनआरएन क्यानाडाका महिला समितिका संयोजक प्रमीला बस्नेतले स्रष्टाहरूलाई फुल गुच्छा दिएर बधाई दिनु भएको थियो ।

तेस्रो चरणको कार्यक्रममा ११ जना कविका कविता र तीनजना स्रष्टाका गीतहरू प्रस्तुत गरिएको थियो । कविता वाचन गर्नेहरुमा अनुप न्योपाने– देश बोकौं बोकौं लागी रहेछ, बवी बस्नेत– मेरो जिन्दगी, मोहन खरेल– छन्द कविता, , गोविन्द घिमिरे– कलम, मुक्ति गौतम– शहीद दिवस्, गोपीकृष्ण काफ्ले– चाहना, केदार बस्नेत– सरस्वती, राधीका अर्याल– मेरो टाउको, डा. तुलसी धरेल– कविता, डा. गोविन्द रावत– दिल, यादव पोखरेल– चार काल र यादवप्रसाद सापकोटा– नेपाल आमालाई चिठ्ठी । त्यस्तै गीत प्रस्तुत गर्नेहरुमा लीलानाथ पाण्डे, गोविन्द घिमिरे र हरि लम्सालले गजल प्रस्तुत गर्नु भएको थियो । एभरेष्ट टाईकाण्डोको सभाकक्षमा आयोजित कार्यक्रमको अन्त्यमा मुक्ति गौतमले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू