अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 05:56

स्कुलबाट एक्लै घर फर्कने क्रममा १२ बर्षिया बालिका पटक-पटक बलात्कृत

बिआरटीनेपाल २०७३ माघ १६ गते ४:०१ मा प्रकाशित

बाह्र वर्षीय बालिकालाई पटक पटक करणी गरेको अभियोगमा प्रहरीलेएक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर चिलाउने गाविस– ४ का १८ वर्षीय ताराबहादुर राउतलाई रहेका छन् ।

राउतले स्थानीय एक विद्यालयको कक्षा– ४ मा अध्ययनरत् बालिकालाई स्कुलबाट घर फर्कदै गरेको बेला बाटो छेकेर जङ्गलमा लगी करणी गर्ने गरेको खुलेपछि उनलाई शुक्रबार साँझ पक्राउ गरिएको प्रहरी चौकी सुकौराले जनाएको छ ।

विद्यालयबाट जङ्गलको बाटो भएर घर फर्कदै गर्दा गत माघ १० गते बेलुकी राउतले बालिकालाई पाखातिर लाँदै गरेको र बालिका चिच्याएको एक स्थानीयवासीले सुनेपछि उक्त घट्नाको तथ्य बाहिर आएको हो। बालिका डरले कामिरहेको र उक्त घट्नाबारे कसैलाई बताए राउतले पटकरपटक ज्यान मार्ने धम्की दिदैं आएका कारण आफूले बाहिर अरुलाई भन्न नसकेको भएपनि विद्यालयकी शिक्षिका सीता तामाङलाई उक्त घटनाका सम्बन्धमा बालिकाले बताएकी छन् ।

बालिकाको अभिभावक र विद्यालयकी शिक्षिकाको जाहेरीमा प्रहरीले राउतलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख उपरीक्षक नरबहादुर केसीले बताए।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू