अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:२२ | Colorodo: 05:37

मेरिल्याण्डकि केमिका भण्डारी चितवन हात्ती पोलो प्रतियोगितामा उत्कृष्ट खेलाडी घोषित र उनको टोली प्रथम

बिआरटीनेपाल २०७३ माघ १४ गते २३:१० मा प्रकाशित

अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएकी केमिका भण्डारी चितवन हात्ती पोलो प्रतियोगितामा उत्कृष्ट घोषित गरियो l यसको साथै उनको समूहले प्रथम स्थान हासिल गर्‍यो l डिसी महानगर क्षेत्रमा स्थापित नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टर नेसनल कि कोषाध्यक्ष भण्डारी पोलो प्रतियोगिता खेल्न अमेरिकाबाट नेपाल गै प्रतियोगितामा भाग लिने उनी मात्र नेपाली समुदाय कि एक मात्र महिला पोलो खेलाडी हुन् l प्रथम एयर डिनास्टी कप हात्ती पोलो नामक प्रतियोगितामा २ वटा विदेशी र ४ वटा स्वदेशी समूह गरी ६ वटा समूहले भाग लिएका थिए l उक्त खेल हेर्न स्वदेशी तथा बिदेशिहरु खचाखच भिड रहेको थियो भने विश्व मा हात्ती पोलो खेल्ने देश मध्ये नेपाल पनि पर्दछ l 

पहिलो पटक उनको ब्लु प्लानेट नामक समूहले सहभागी भई महोत्सवमा हात्ती पोलो प्रतियोगिताको उपाधि जितेको थियो l अन्तिम खेलमा कुमकुम सेरामिक्सलाई ३ का विरुद्ध ४ गोलले पराजित गरी ब्लु प्लानेटले उपाधि जित्न सफल भएको थियो । ब्लु प्लानेटलाई जिताउन विनोद चौधरीले ३ र श्रीराम सिलवालले १ गोल गरेका थिए । सेरामिक्सको तर्फबाट ठगा पञ्जिकारले २ गोल र शम्भु चौधरीले १ गोल गरेका थिए l

हात्ती पोलो प्रतियोगितामा केमिका भण्डारी ,अञ्जन पाण्डे र विनोद चौधरी ३ जना उत्कृष्ट खेलाडी घोषित भएका थिए । त्यसै गरी हात्ती छिटो दौड प्रतियोगिताको उपाधि जिल्ला विकास समिति चितवनको अनारकलीले जितेको थियो । यसै गरी होटेल बाराही पोखराको बम्बोजकली दोस्रो र सिद्धार्थ रेफ्रीजेरेशनको एकताकली तेस्रो भएको थियो । 

चितवनको पर्यटन प्रबर्धनको लागि क्षेत्रीय होटेल सङ्घ चितवनले आयोजना गरेको चितवन हात्ती महोत्सवको समापन कार्यक्रमका प्रमुख अतिथि भूमिसुधारमन्त्री विक्रम पाण्डेले प्रतियोगितामा विजयी टोली लाई पुरस्कार वितरण गरेका थिए ।

सङ्घका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा कार्यक्रम समापन भएको थियो भने पोलोको संयोजन होटेल व्यवसायी शङ्कर सैंजूले गरेका थिए l हात्ती महोत्सव अन्तर्गत आयोजित हात्ती सुन्दरी प्रतियोगितामा एकताकली प्रथम, पुपाकली द्वितीय र सेल्फीकली तृतीय भएका थिए । यसै गरी, हात्ती श्रृंगार प्रतियोगितामा पुनमकली प्रथम, सुन्दरकली द्वितीय र पिंकीकली तृतीय भएका थिए l

हरेक वर्ष डिसेम्बरमा हुने उक्त प्रतियोगिता डिसेम्बर २६ देखि ३० सम्म भएको थियो भने समापन समारोहमा गायकद्वय नेत्रजी पन्त र भुवन प्यासीले गीत गाएर दर्शकलाई मनोरञ्जन दिएका थिए ।

पोलो खेलाडी केमिका भण्डारी कर्म थलो अमेरिका आई सकेकी छिन् l भण्डारी सन् २०१३ मा विश्व हात्ती महासङ्घले आयोजना गरेको प्रतियोगितामा अमेरिका बाट नेपाल स्पोर्ट्स एण्ड कल्चर इन्टरनेसनलको प्रतिनिधित्व गर्दै नेपाल गएकी थिइन् l ८ वटा खेल समूहले भाग लिएको उक्त प्रतियोगितामा भण्डारीको टोली द्वितीय स्थान हासिल गरेको थियो l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू