अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ००:५५ | Colorodo: 13:10

मीरा भइन यस बर्षको साहसी व्यक्ति (Adventurer of the Year)

बिआरटीनेपाल २०७३ माघ १४ गते १२:१२ मा प्रकाशित

नेपाली अल्ट्रा म्याराथन धावक मीरा राई विश्वकै साहसी वर्ष अर्थात Adventurer of the Year व्यक्ति घोषित भएकी छिन् । राईलाई एड्भेन्चर अफ द इयर २०१७ घोषणा नेसनल जोग्राफीले गरेको छ । उक्त प्रतियोगितामा विश्वभरका १० जनालाई पछि पार्दै धावक राई साहसी व्यक्ति (Adventurer of the Year)हुन सफल भएकी हुन ।

नेसनल जोग्राफीले (National Geographic) अन्वेषण, संरक्षण, सांस्कृतिक बहाली, साहसिक खेल तथा मानवीय क्षेत्रमा काम गर्ने उत्कृष्ट व्यक्तिमध्येबाट यस्तो प्रतिस्पर्धा गराउँदै आएको छ । नेसनल जोग्राफीको वेभसाइटमा प्राप्त भोटका आधारमा उनलाई छनोट गरिएको थियो ।

नेपालको भोजपुरमा जन्मिएकी २९ वर्षीय राई निरन्तर अल्ट्रा धावकका रूपमा अन्तर्राष्ट्रिय प्रतियोगितमा सहभागी हुँदै आएकी छन् । माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा होमिएकी राई शान्ति सम्झौतापछि वैदेशिक रोजगारीमा गएकी थिइन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू