अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:१० | Colorodo: 13:25

न्युयोर्क विमानस्थलमा मुसलमान महिला माथि ट्रम्पको नाम लिदै अपशब्द तथा लात्ती प्रहार

बिआरटीनेपाल २०७३ माघ १४ गते ११:५२ मा प्रकाशित

न्युयोर्क जेएफके अन्तरराष्ट्रिय विमानस्थलमा म्यासाचुसेटसका एक यात्रीले डेल्टा हवाई जहाजका मुसलमान महिला कर्मचारी माथि दुर्ब्यबहार गरेका छन् l बिमानस्थलमा उनले ति महिला माथि अपशब्द र गाली गर्दै राष्ट्रपति ट्रम्पको नाममा उनलाई धम्कि दिएका छन् l

उनले राष्ट्रपति ट्रम्पले तिमिहरुलाई भगाउने छ भनि तथानाम गाली गर्दै ढोकामा लात्ती प्रहार गरे l डेल्टा हवाई जहाजकि मुसलमान महिला रबिया खान नाम गरेकी महिला काम गरि रहेको स्थानमा नजदिक आएर ति रोबिन रोड्स नाम यात्रीले दुर्ब्यबहार गरेको महिला कर्मचारीको वकिलले बताएका छन् l

पहिला ढोकामा लात्ती प्रहार त्यस पछि उनि बसी रहेको कुर्सीमा लात्ती हाने पछि मैले के गरे भनि सोधे पछि तिमिले केहि गरेकी छैनौ उनले जवाफ दिएका थिए l उनको खुट्टामा पनि लात्ती प्रहर गरेका थिए भनि एपी समाचारले लेखेको छ l

उनलाई अर्को मानिसले सम्झाउने प्रयास गरेका थिए भने उनि खान को नजिक पुगे पछि खान कार्यालयबाट दौडेर बाहिर गएकी थिइन् l खानलाई पछ्याउदै अपशब्द सम्म प्रयोग गरेका थिए l उनलाई प्रहरीले उनलाई पक्राउ गरेको छ l उनलाई दुर्ब्यबहार आचरण सम्बन्धि मुद्धा लगाइने महिला खानका वकिलले बताएका छन्  l  इनेपालीजबाट

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू