अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४९ | Colorodo: 12:04

अनेसासले चयन गर्‍यो संयोजक:बालसाहित्यमा रामबाबु र नवरत्नमा शकुन्तला

बिआरटीनेपाल २०७३ माघ १४ गते ७:५७ मा प्रकाशित

बरिस्ठ साहित्यकार रामबाबु सुवेदी र साहित्यकार शकुन्तला ज्ञवाली संयोजक पदमा चयन भएका छन् । अनेसास केन्द्रीय कार्यसमितिका अध्यक्ष पदम विश्वकर्माको अध्यक्षतामा  हालै बसेको बैठकले अनेसास बालसाहित्य समितिको संयोजकमा बरिष्ट साहित्यकार रामबाबु सुबेदी र नवरत्न पुरस्कार समितिको संयोजकमा साहित्यकार शकुन्तला ज्ञवालीलाई चयन गरेको हो ।
रामबाबु सुबेदी लामो समयदेखि वालसाहित्यको क्षेत्रमा योगदान पुर्याउँदै आएका साहित्यकार हुन् । सुवेदी अनेसास सर्वोत्कृष्ट पुस्तक पुरस्कारबाट पनि सम्मानित भै सकेका छन् ।

यसैगरी साहित्यकार ज्ञवाली अमेरिकाको न्युयोर्कमा बसेर पनि साहित्य क्षेत्रमा सक्रीय सस्टा हुन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू