अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०४:२४ | Colorodo: 16:39

राता-रात ३९ एसएसपीको सरुवा,सर्वेन्द्र खनालको ठाउँमा छवि जोशी (को-कहाँ सरुवा ? सुचि सहित)

बिआरटीनेपाल २०७३ माघ १३ गते १:१७ मा प्रकाशित

लामो समयदेखि बिबादका कारण रोकीएको नेपाल प्रहरीका एसएसपीहरुको सरुवा भएको छ । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच बुधवार राती भएको सरुवा बिषयको सहमती पछि नेपाल प्रहरीका एसएपीहरुको सरुवा भएको हो ।

गृहमन्त्री र प्रहरी महानिरीक्षक अर्याल बीचको विवादका कारण ढीलाई भएको एसएसपी सरुवा प्रकृया सहमतीमा पुगेपछि एसएसपी छवि जोशी काठमाण्डौ प्रहरी प्रमुख भएर राजधानी आउने भएका छन् उनि धौलागीरी प्रहरी प्रमुख थिए भने काठमाडौं प्रमुख रहेका सर्वेन्द्र खनाल महानिरीक्षकको सचिवालयमा लगिएका छन् ।

त्यस्तै प्रहरी प्रशिक्षण प्रतिष्ठान चितवनमा रहेका एसएसपी रमेश खरेललार्इ प्रहरी हेडक्वार्टर युएन शाखामा सरूवा गरिएको छ भने प्रहरी अपराध महाशाखामा दिनेश अमात्य र लागु औषध नियन्त्रण ब्युरो काठमाडौंमा धिरु बस्न्त्यात आएका छन् ।

ललितपुर प्रहरी प्रमुखमा माओवादीका पालामा अपहरणमा परेर चर्चामा रहेका ठूले रार्इलार्इ ल्याइएको छ ।राई यसअघि प्रहरी प्रधान कार्यालय कार्य विपद् व्यवस्थापन महाशाखामा कार्यरत थिए।

 

(सरुवा पछि एसएसपीहरु को-कहाँ पुगे)

 


 

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू