अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४७ | Colorodo: 03:02

एनडब्लुजीएन न्युइङ्गल्याण्ड शाखाको प्रथम साधारण बैठक भव्यताको साथ सम्पन्न

बिआरटीनेपाल २०७३ माघ १२ गते १०:५६ मा प्रकाशित

अमेरिकामा नेपाली मूलका महिला सामाजिक कार्यकर्ता, महिला अधिकार कर्मी तथा महिला समाज सेवीबाट स्थापित सक्रिय सामाजिक संस्था नेपाली वुमन ग्लोबल नेटवर्कको न्युइङ्गल्याण्ड शाखाको प्रथम साधारण सभा भव्यताको साथ सम्पन्न भएको छ l गत जनवरी २२ तारिख हिमालयन कल्चरल एकाडेमी ,एवेरेट म्यासाचुसेट्समा बैठक भएको हो l अन्जना उपाध्यायद्वारा कार्यक्रम सञ्चालन गरिएको उक्त बैठकमा अतिथिहरुलाई स्वागत जमुना श्रेष्ठले गरेकी थिइन् l

तीन दर्जन जति सहभागिता रहेको उक्त कार्यक्रममा संस्थाको उद्देश्य तथा गठन भएको बारेमा छलफल हयेको थियो भने एनडब्लुजीएनकि केन्द्रीय सभापति रुकमणि कार्कीले संस्थाको इतिहास र अन्य विषयमा जानकारी दिएकी थिइन् l

कार्कीले अगाडी भनिन अमेरिकामा संस्था गठन गर्नु परेको कारण बताउँदै अमेरिका आएका आप्रवासी महिलाका समस्या तथा अनेकौ विषयमा काम गर्नु र वहा हरुलाई स्थापित गराउनु पनि रहेको बताईन l यसको साथै सभापति कार्कीले नयाँ देशमा आएका महिलालाई नेतृत्व क्षमताको विकास गर्ने जस्ता कार्यक्रमहरू ल्याउने र आर्थिक विकासमा पनि सहयोग हुने कार्यक्रम ल्याउने बारेमा प्रकाश परिन l उनले मन्तव्य राख्दै न्युइङ्गल्याण्ड शाखा सेवा प्रदान गर्ने संस्था हैन भन्दै महिलाहरुका विषयमा वकालत गर्ने संस्था हो भनिन l

न्युइङ्गल्याण्ड शाखाले महिला दिवस, नेपाली चाडपर्व, तीज पर्व, स्वास्थ्य शिविर आदी इत्यादि कार्यक्रम गर्न विषयमा पनि छलफल भएको थियो l रुकमणि बस्नेत तथा रीता रानाले बैठक सफल बनाउन सहजकर्ताको भूमिका निर्वाह गरेका थिए भने सुधा भण्डारी, अनुपमा राना, सुनिता कार्की केसी, निलम श्रेष्ठले आफ्ना कामको अनुभव सुनाएका थिए l मिना पुडासैनीले धन्यवाद ज्ञापन दिएकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू