अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०७ | Colorodo: 00:22

तिरिरी मुरली बज्यो बनैमा- रहेनन् अब गायक तथा संगीतकार पन्नाकाजी

बिआरटीनेपाल २०७३ माघ ११ गते २१:४९ मा प्रकाशित

तिरिरी मुरली बजयो बनैमा लौ माया नमारे, किन किन तिम्रो तस्विर (पुरानो मेलोडी), लोलाएका ति ठुला तिम्रा दुई नजरले (पुरानो मेलोडी) , रात यो नबित्ला, मैले सिंगै बसन्त, एकानी दुवानी लगाएतका थुप्रै कालजयि आवाजमा स्वर र संगीत दिएका गायक तथा संगीतकार पन्नकाकाजीको निधन भएको छ ।

। बि सं १९८८ साल पुस १५ गते पीता चर्तुमान शाक्य र माता बालकुमारी शाक्यका कान्छा छोराको रुपमा काठमाडौंको ईमाडोलमा जन्मिएका गायक तथा संगीतकार पन्नाकाजी बि सं २००७ सालमा नै बालकृष्ण समको नेतृत्वमा रेडियो नेपाल प्रवेश गरेका हुन् । जुन समय नेपाली संगीतका ख्यातिप्राप्त गायक शिवशंकर पनि रेडियो नेपाल प्रवेश गरेका थिएनन् । पन्नाकाजी रेडियो नेपालका वरिष्ठ लाइब्रेरियन थिए ।

पन्नाकाजीले निष्ठानन्द बज्राचार्यको नाटक युवराज कुणाल नामक् नाटकमा अभिनय गरेका छन्, सो नाटकको पुस्तक यही वर्ष मात्र ओलम्पस क्लबमाविमोचन भएको थियो  ।
पन्नाकाजी गायक संगीतकार मात्र नभएर नेपालको राजनितीमा पनि चासो राख्ने ब्यक्ती थिए । नेपाली कांग्रेसमा आवद्ध रहेर स्व पूर्व प्रधानमन्त्रि कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह साथै अहिलेमा प्रकाशमान सिंह संग पनि उनको राम्रो सम्बन्ध थियो । पन्नाकाजी चित्रकलामा पनि शौखिन थिए, उनले बनाएको गणेशमान सिंहको ५ फिटको चित्र आज पनि गणेशमान सिंहको घरमा सजाएर राखिएको छ ।

उनको विवाह २०१० सालमा ज्ञानदेवीसित भयो । उनका चार छोरा प्रीतम, प्रवेश, पवित्र र प्रवीण अनि एक छोरी प्रेमा मध्य पबित्रमान शाक्य र प्रवेशमान शाक्य नेपाली संगीत क्षेत्रमै छन्  ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू