अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२० | Colorodo: 06:35

कनेक्टिकटका नेपाली समुदायलाई प्रभावकारी भाषण कलाको तालिम

बिआरटीनेपाल २०७३ माघ ११ गते ९:०४ मा प्रकाशित

अमेरिकाको कनेक्टिकट राज्यमा स्थापना भएको लाइन्स क्लब अफ हार्टफोर्ड काउण्टी एभरेष्ट सेन्टेनियल”को आयोजना एक दिने “प्रभावकारी सार्वजनिक भाषण” तालीम सम्पन्न भएको छ l

सङ्घ तथा संस्थामा लागेका पदाधिकारी तथा अन्य नेपाली समुदायले निर्धक्क ,निडर ,आत्मविश्वास र उत्कृष्ट प्रस्तुति साथ सार्वजनिक तथा अन्य समारोहमा भाषण धारा प्रवाह दिन सकुन भन्ने मूल ध्येय ले गत जनवरी २२ तारिख एक दिने कार्यक्रमको आयोजना गरियो l 

तालीममा क्लबका सदस्यहरू र नेपाली समुदायका सदस्यहरू सहित ३५ जनाको सहभागिता रहेको थियो l सो तालिम कार्यक्रममा लायन्स क्लब अन्तर्राष्ट्रिय जिल्ला ४ सी-३ क्यालिफोर्निया उप जिल्ला गभर्नर राजेन थापा प्रमुख प्रशिक्षक तथा लाइन्स क्लब अफ हार्टफोर्ड काउण्टी एभरेष्ट सेन्टेनियल ,कनेक्टिकटका चार्टर सभापति राज श्रेष्ठ रहेका थिए l 

प्रशिक्षक थापा नेपाल जेसिज बाट प्रशिक्षकको लागि प्रशिक्षण तालिमका पहिला समूहका प्रशिक्षक हुन् भने उनले नेपालमा हुँदा जेसिज तथा अन्य विभिन्न समुदायमा अनगिन्ती तालिम दिएका छन् l यसै गरी राज श्रेष्ठ पनि नेपालमा विभिन्न सङ्घ तथा संस्थामा नेतृत्वमा रही सकेका हुन् भने उनी पनि राम्रो प्रशिक्षक हुन् l पहिलो पटक कनेक्टिकट मा तालिमको चाजो मिलाएकोमा हर्ष व्यक्त गर्दै यो सङ्घ तथा संस्थामा लाग्नेले लिदा फाइदा हुने बताए l

सहभागी मूलका रूपमा रहेको “प्रभावकारी सार्वजनिक भाषण” सहभागीहरुले रुचाएको र सोचेको भन्दा अझ राम्रो सहभागीहरुलाई लागेको प्रशिक्षक श्रेष्ठले बताए l कार्यक्रममा सहभागीहरुलाई प्रमाण पत्र समेत प्रदान गरिएको थियो l

प्रतिक्रिया