अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:१२ | Colorodo: 18:27

नाकले टाईप गरेर गिनिजबुकमा नाम लेखाउने यी युवक टाईपिङकै कारण २ पटक बिश्व चर्चामा(भिडियो)

बिआरटीनेपाल २०७३ माघ १० गते ६:१७ मा प्रकाशित

कम्प्युटरको कि बोर्डमा छिटो टाईप गरेको देख्दा अचम्मा पर्ने हामिहरुलाई हातले मात्र होईन नाकले पनि सबैभन्दा कि बोर्डमा छिटो टाईप गरेर गिनिजबुकमा नाम लेखाएको दृश्यले अचम्मित पार्ने गर्छ । भारतका मोहम्मद खुर्सीद हुस्सेन त्यस्ता ब्यक्ती हुन् जसले नाकले नै टाईप गरेर बिश्व रेकर्ड कायम गरेका छन् ।

४७ सेकेण्डमा नाकले १ सय ३ वटा शव्द टाइप गरी २०१४ मा गरेका मोहम्मद खुर्सीदले यस अघिनै सन् २०१२ मा पनि बिश्वमा सबैभन्दा छिटो टाईप गरेर उनले गिनिजबुकमा नाम रेकर्ड गराएका थिए । २०१२ मा उनले ३.४३ सेकेण्डमा औँलाले पूरै अल्फाबेट टाइप गरेर गरेर बल्र्ड रेकर्ड कायम गरेका थिए । जुन समय उनि मात्र २१ बर्षका थिए ।

इन्जिनियरिंङका विद्यार्थी रहेका मोहम्मद खुर्सीदले १० वर्षको उमेर देखिनै टाइपिंङ सिक्न सुरु गरेका थिए । जव उनले संसारमा सबैभन्दा छिटो टाईप गर्ने ब्यक्तीका रुपमा गिनिजबुकमा नाम लेखाए तव उनमा यसै कलालाई फरक तरिकाले प्रयोग गर्ने ईच्छा जाग्यो र उनले नाकले टाईपिङ सिक्न थाले । दिनमा ८ घण्टो टाईपिङ प्राक्टीस गर्दै आएका उनले २०१४ मा आएर नाकले सबैभन्दा छिटो टाईपिङ गर्ने ब्यक्तीका रुपमा दोस्रो रेकर्ड पनि कायम गरे ।

अचम्मको यो रेकर्ड सामान्य भन्दा कठिन पनि छ । उनले कि बोर्डमा नाकले टाईप गर्न थालेपछि आँखाले किबोर्ड देखिंदैन ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू