अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:४३ | Colorodo: 21:58

महानायक हमाल पुरिए तनहुँबासीको मालाले

बिआरटीनेपाल २०७३ माघ १० गते ४:५० मा प्रकाशित

महानायक रजेश हमाललाई तनहुँबासीले भब्य स्वागत गरेका छन् । तनहुँको जामुने स्थीत राधा माध्यामिक विधालयको ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा पुगेका नायक हमाललाई आफ्नो गाउँमा देख्न पाउँदा स्थानिय साथै शिक्षक तथा बिद्यार्थीले खुसी हुँदै माला र अबिर पहिर्याएर स्वागत गरेका हुन् ।

हमाल आउने थाहा पाएर जामुने आसपासका अन्य गाउँहरुका बासिन्दा समेत बिहान देखी हातमा माला र अविर बोकेर लाईनमा उभिएका थिए । विशिष्ट अतिथी बनेर राधा माविमा पुगेका हमाललाई देख्नासाथ उत्साहित बनेका उनका प्रशंशकहरुले हुटिङ र तालीले स्वागत गर्दै माला र अविर पहिर्याएका थिए । गाउँलेहरुको मालाले उनको अनुहार सम्म छोपिएको दृश्यले उनका प्रशंसकहरुको उनलाई हेर्ने चाहना र खुसिको अनुमान गलाउन सकिन्थ्यो ।

कार्यक्रममा हमालको मन्तब्य मात्र होईने फिल्मी संवाद पनि सुन्न चाहेका स्थानियले उनको ब्यक्तीत्वलाई पनि नजिकबाट चिन्ने मौका पाएको बताएका थिए । बालक देखी बृद्ध सम्मको भिड लागेको राधा मावि परिसर दिनभर हमालको स्वागत र कार्यक्रममा संगै रर्यो ।

गत बर्ष बैसाख १२ गते गएको महाभुकम्पले राधा माध्यामिक बिद्यालयमा पनि क्षती पुगेपछि महानायक हमाल अभियन्ता रहेको घाँसी नेपालले बिद्यार्थीका लागि चार कोठे भवनको निर्माण गरेको छ । सो नवनिर्मीत भवनको उद्घाटन साथै भवन हस्तान्तरणका लागि हमाल जामुने पुगेका हुन् ।

प्रतिक्रिया