अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४५ | Colorodo: 20:00

अमेरिकाबाट नेपाल फर्कदै गरेकी वृद्ध नेपाली महिलाको उडिरहेको हवाई जहाजमा मृत्यु

बिआरटीनेपाल २०७३ माघ ९ गते २२:४३ मा प्रकाशित

अमेरिकाको डिसी महानगर क्षेत्रमा स्थापित सक्रिय सामाजिक संस्था नासो कम्युनिटी (समुदाय)का सदस्य कृष्ण बिश्वकर्माकि ममतामयी ७९ वर्षीय आमा देवन्ती विश्वकर्माको उडिरहेको कतार हवाई जहाज मै निधन भएको खबर छ l गत बुधवार जनवरी १८ तारिख अमेरिकाको वासिङ्टन डिसी क्षेत्रको डलस विमानस्थलबाट कतार हवाई जहाजको उडान सङ्ख्या क्यू आर ०७०८ बाट कतारको दोहा हुँदै नेपाल फर्कन लागेको अवस्थामा जहाजमै मृत्यु भएको थियो l डिसी महानगर क्षेत्रको भर्जिनियाको वुडब्रिजमा बसोबास गर्ने मृतक देवन्ती विश्वकर्माका कान्छा छोरा कृष्ण विश्वकर्माले जानकारी दिँदै आमाको शवलाई कतारका सुरक्षाकर्मीले जाच पड्तालको गरी रहेको बताए l

आकाशमा उडिरहेको हवाई जहाँजमा विश्वकर्मालाई अफ्ट्यारो भएपछि प्राथामिक उपचार गरिएको थियो । जहाजमै अचेत बनेकी विश्वकर्मालाई दोहा पुगेपछि आपत्कालीन उद्धार गरिएको थियो । १४ घण्टा लामो उडान पछि दोहोमा उत्रिए लगतै बेहोस भएकी देवन्ती विश्वकर्मालाई स्वास्थ्यकर्मीले मृत्यु भएको घोषणा गरेका थिए भनी अन्नपूर्ण टिवीले पनि समाचार लेखेको छ l

कान्छो छोराले कुराकानी गर्दै हामी तथा नातिनातिनीलाई भेट्न केही महिना अगाडी अमेरिका आउनु भएको थियो भने l अमेरिकामा हुँदा स्वास्थ्य नै रहेको र कुनै समस्या आमालाई थिएन भने l अझ पनि आमाको शव नेपाल लान समय लाग्ने हुनाले अमेरिकाबाट नेपालसँगै साथमा रहेकी बुहारी दोहाबाट नेपाल तर्फ दोहाबाट साँझको उडानबाट नेपाल प्रस्थान गरेकी छोरा कृष्ण विश्वकर्माले बताए l उनले दिएको जानकारी अनुसार सबै जाच पड्ताल भए पछि कतार हवाई जहाजले आमाको शवलाई आफै नेपाल लगी दिने भएको बताए l

नासो कम्युनिटी (समुदाय)का अध्यक्ष गोपाल विश्वकर्माले दुखद समाचार को जानकारी पाए पछि सबै नेपाली समुदायलाई सहयोग गर्न सामाजिक सञ्जाल मार्फत सूचित गरेका थिए l

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू