अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३४ | Colorodo: 23:49

ह्युस्टनमा दियो बिमोचन र शीतकालीन कवि गोष्ठी सम्पन्न

बिआरटीनेपाल २०७३ माघ ९ गते १७:५७ मा प्रकाशित

शारदा पाठक, ह्युस्टन अमेरिका । अनेसास ह्युस्टन च्याप्टरले संस्थापक अध्यक्ष श्री गङ्गा लिगलको अध्यक्षतामा र अनेसास केन्द्रीय अध्यक्ष श्री पदम विश्वकर्माको प्रमुख आतिथ्यमा पहिलो वार्षिक मुख पत्रिका ‘दियो’ बिमोचन र शीतकालीन कवि गोष्ठी सम्पन्न गरेको छ | यो कार्यक्रम जनवरी २१, २०१७ मा हिलक्राफ्ट ह्युस्टनको सहनाई रेष्टुरेन्टमा सञ्चालन गरिएको थियो ।

मुख्य कार्यक्रममा ‘दियो बिमोचन’, सम्मान, आजीवन सदस्य प्रमाण पत्र वितरण, कविता, गजल, मुक्तक वाचन, गीत तथा नृत्य, व्यंग्यात्मक प्रहसन आदि जस्ता क्रियाकलापहरू समावेश गरिएका थिए | कार्यक्रम सञ्चालन सचिव साधना शर्माले गर्नु भएको थियो भने संस्थाका उपाध्यक्ष श्री शेष शर्माले स्वागत मन्तव्य पेस गर्नु भएको थियो । त्यस्तै सल्लाहकार राजेन्द्र श्रेष्ठले शुभकामना मन्तव्य दिनु भएको थियो ।

प्रमुख अतिथिबाट दियो बिमोचन र दियोको बारेमा प्रधान सम्पादक समेत रहुनु भएकी श्री गङ्गा लिगलले एकातिर विभिन्न कोणबाट समीक्षा गर्नु भयो भने अर्को तिर सहभागीहरुले यस पुस्तिकामा भएका रचनाहरू बिशेषत: कविता मुक्तकहरु बिच बिचका पानाबाट पढेर ‘दियो’ पत्रिकाको लोकार्पण गरिएको थियो । 

अनेसास ह्युस्टन च्याप्टरले केन्द्रीय अध्यक्ष श्री पदम विश्वकर्मालाई र भाषा पाठशालाका शिक्षिका श्री शारदा पाठकलाई सम्मान गरेको छ | अनेसास ह्युस्टन च्याप्टरका क्रियाकलापहरू र अध्यक्ष गङ्गा लिगलको योगदानको बारेमा सदस्य शारदा पाठकले प्रकाश पार्नु भएको थियो | उहाँका १९ वटा प्रकाशित पुस्तकहरू उहाँको साहित्य प्रतिको योगदान साहित्य इतिहासमा अमिट रहनेछ |

केन्द्रीय अध्यक्ष विश्वकर्माले ह्युस्टन च्याप्टरको साहित्य प्रतिको योगदानलाई धन्यवाद दिँदै नेपाली साहित्यलाई अन्य भाषामा अनुवाद गर्ने र विश्व बजारमा लैजाने, भाषा पाठ्यक्रमको विकास गर्ने, ट्रस्टी सदस्यहरू बृददी गर्ने सुझाव र गुनासाहरुको सङ्कलन गर्ने र संवेदनशील रहने केन्द्रीय नीति रहेको विषयमा प्रकाश पार्नु भयो |

‘नयाँ साल’, ‘यौटा भुँइ चालो मेरो ग्राममा आयो’, क्रान्तिकारी कमान्डर, ‘भन कसरी भनौं तलाई सरकार’, के गर्दैछ मेरो तस्बिर अझै तिम्रो सिरानीमा’,’मुक्तक दियोबाट’, कविता आमा र बालाई सम्बोधन गरेर’, उ प्रसव पीडामा कविता, उनको गजल, आदि शीर्षकका कविता तथा गजल विधाका सीर्जनाहरु क्रमशः: साधना शर्मा, बिलोल पोखरेल, मोदनाथ, नीलहरि आचार्य, सतिष त्रिपाठी, बासु पौडेल, बिदुर दवाडी, शारदा पाठक, पदम विश्वकर्मा, सदिक्षा रेग्मीहरुले वाचन गर्नु भएको थियो | प्रभा, सरिता, बिलोल पोखरेलले मीठो गीत गाउनु भएको थियो भने सीम्रन लगायत उनका साथीहरूले नेपाली नृत्य गरेर दर्शकलाई मनोरंजन दिनु भएको थियो |

सहभागी आमाहरुले पनि मन्चमा आएर शिक्षामूलक श्लोकहरु भाका हालेर गाउनु भएको थियो | यसरी नै भाषा साहित्यको संवृद्धिमा ह्युस्टन च्याप्टरलाई सधैँ शुभकामना मिलिरहोस ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू