अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२० | Colorodo: 21:35

नेपालको समय निर्धारण गरिएको गौरिशंकरमा पहिलो र अन्तिम किरण (तस्विरमा)

बिआरटीनेपाल २०७३ माघ ८ गते २१:३२ मा प्रकाशित

दोलखा जिल्ला तथा चिनको सिमानामा अवस्थित गौरिशंकर हिमालबाट नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ। ७१३४ कि।मी अग्लो यो हिन्दू धर्मावलम्बीहरूको अराध्यादेव शिव र पार्वतीको प्रतिक मानिने गौरीशंकर हिमाल धार्मिक आस्थाका कारणले आरोहण गर्न प्रतिवन्ध छ। सोहि गौरिशंकर हिमाललाई दोलखाका बिभिन्न स्थानबाट एक दिनभर यसरी कैंद गर्ने मौका जुर्यो ।

गौरिशंकरमा सूर्यका पहिला किरणहरु (तस्विर लिएको स्थानः दोलखाको सदरमुकाम चरिकोट)


दिउसोमा गौरिशंकर र आसपासका हिमश्रृखंलाहरु (तस्विर लिएको स्थानः कालिञ्चोक)


सूर्यास्त हुँदा अन्तिम किरण गौरिशंकरमा (तस्विर लिएको स्थानः चरिघ्यागं दोलखा)


तस्विरः किशोर खड्का

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू