अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:५६ | Colorodo: 03:11

लायन्स क्लब अफ काठमाडौँ ठमेल इबिजाले बृहत् रक्तदान कार्यक्रम सम्पन्न

बिआरटीनेपाल २०७३ माघ ८ गते ८:४७ मा प्रकाशित

सूर्य चन्द काठमाडौँ । रक्तदान नै जीवन दान हो भन्ने मूल मन्त्र सहित लायन्स क्लब अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२५ बि वान अन्तर्गत रहेको लायन्स क्लब अफ काठमाडौँ ठमेल इबिजाको आयोजना तथा उपाध्यक्ष दावाङ्ग तामाङ्गको संयोजकत्वमा स्थान का.म.न.पा. २९, नर्सिङ्गचोक, श्री छ्वास अजिमा मन्दिर ठमेल, काठमाडौँमा १०१ जनाको सहभागीत्व खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । 

रक्तदान पुण्य काम मात्र नभएर कसैको जीवन बचाउन सकिने र रगतको आबस्यक्ता पुर्ति गर्न मद्दत पुग्ने भएकोले साथै समाजमा सकारात्मक संदेश प्रभाह गर्नपनि रक्तदान एक महत्त्वपूर्ण कार्य भएको लायन्स क्लब अफ काठमाडौँ ठमेल इबिजाका उपाध्यक्ष तथा रक्तदान कार्यक्रमका संयोजक दावाङ्ग तामाङ्ग बताउछन l साथै भविष्यमा पनि यस्तै सामाजिक कार्य गर्दै अघि बढ्ने कुरा उनले जानकारी गराए । 

फोटो: अनुप प्रधान

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू