अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:०५ | Colorodo: 17:20

हिम पहिरोले पुरिएकाे होटेलबाट ११ जनाको जीवितै उद्धार

बिआरटीनेपाल २०७३ माघ ८ गते ८:४१ मा प्रकाशित

पेन्ने (इटाली), माघ ८ गते । मध्य इटालीको एउटा चार तारे होटेलमा हिम पहिरोले पुरिएर वेपक्ता भएकाहरुमा थप चारलाई शनिवार उद्धार गरिएपछि यस घटनामा जीवितै उद्धार गरिएका व्यक्तिहरूको सङ्ख्या ११ पुगेका अधिकारीहरुले शनिवार जानकारी दिएका छन् ।

यस हिमपहिरोमा परी जीवितै उद्धार भएकाहरुमा एकै परिवारका चार व्यक्ति पनि रहेका छन् । बुधवार साँझ गएको सो हिमपहिरोमा परी दुई बालबालिकासहित २५ भन्दाबढी बेपक्ता भएका थिए । हिमपहिरो गएको घन्टौ पछाडि ती व्यक्तिहरूलाई उद्धार गरिएको थियो ।

बुधवार नै इटालीको पर्वतीय क्षेत्रमा तीन पटकसम्म भूकम्प गएको थियो । स्थानीय समयानुसार बुधवार बिहान १०ः२५ मा गएको भूकम्प ५.३ म्याग्निच्युडको भएको र ५० मिनेट पछाडि ५.७ म्याग्निच्युड र त्यसपछि तेस्रो भने ५.५ म्याग्निच्युडको भूकम्प गएको थियो । सोही भूकम्पका कारण विशाल हिम पहिरोबाट त्यहाँका अन्य धेरै संरचनासमेत नष्ट भएको स्थानीय अधिकारीहरूले बताएका थिए ।

इटालीमा तीन पटकसम्म गएको भूकम्प पश्चात् सानातिना धक्का बारम्बार गइरहहेको थियो । सो होटेल इटालीको समुद्रतटवर्ती नगर पेस्काराबाट ४५ किलोमिटर टाढा रहेको ग्य्रान्ड सास्सो राष्ट्रिय निकुन्जभित्र र समुद्र सतहदेखि एक हजार दुई सय मिटर (तीन हजार नौसय चालिस फिट)को उचाइमा पर्छ । रासस÷एएफपी

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू