अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:५४ | Colorodo: 20:09

म तपाईँहरूको लागि मेरो शरीरमा सास रहुन्जेल लड्ने छु :राष्ट्रपति डोनाल्ड ट्रंप

बिआरटीनेपाल २०७३ माघ ७ गते २३:४६ मा प्रकाशित

अमेरिकाको ४५ औँ राष्ट्रपतिको रूपमा डोनाल्ड ट्रम्पले सपथ ग्रहण लिएका छन् । अमेरिकाको संसद् भवनमा आयोजित ऐतिहासिक समारोह बिच ट्रम्पलाई सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टस जुनियरले पद तथा गोपनियताको सपथ खुवाएका हुन् । आजका मिति जनवरी २० तारिख देखि डोनाल्ड ट्रंप अमेरिकाका ४५ औ विधिवत राष्ट्रपति भएका छन् l पद तथा गोपनियता को सपथ ग्रहण पहिला उनका उप राष्ट्रपति माइक पेन्सले लिएका थिए l

उनले आफैले आफ्नो भाषण लेख्दै गरेको केही दिन अगाडी सामाजिक सञ्जालमा आफ्नो छाया चित्र सहित राखेका थिए तर यसको जिम्मा अर्कैलाई दिएका भएता पनि आज उनले आफै लेखेको भाषण गरेका थिए l सपथ खाए पछि मन्तव्य कै प्रारम्भिक चरणमा सर्वप्रथम अमेरिकाका पूर्व राष्ट्रपति कार्टर ,क्लिन्टन ,बुश तथा ओबामा को नाम लिदै सम्बोधन गरेका थिए l विशेष ओबामा तथा मिसल ओबामाको प्रशंसा गरेका थिए l 

उनले मन्तव्य कै क्रममा म तपाईँहरूको लागि मेरो शरीरमा सास रहुन्जेल लड्ने छु भने l अगाडी मन्तव्य राख्दै उनले तपाईँहरूको शिर झुकाउने काम कहिले गर्ने छैन भने l अमेरिकाले विजयी गर्न पुन सुरु गर्ने छ ,त्यो विजयी कहिले नभएको हुने भने l मन्तव्य कै क्रममा हामी जागिर ल्याउने छौ l हामी हाम्रो सीमा पुन ल्याउने छौ l हामी हाम्रो सम्पति फेरी ल्याउने बताए l र ,हाम्रो सपना फेरी ल्याउने छौ भने l मन्तव्य कै क्रममा हामी नयाँ सडक ,राजमार्ग, पुल ,विमानस्थल सबै यो अद्भुत राष्ट्रमा निर्माण गर्ने कुरा राखेका छन् l मन्तव्य कै क्रममा विश्वका सबै राष्ट्रहरु सँग हामी मित्रता र मित्रभाव राख्ने बताए l 

हामी आफ्ना पुराना सम्झौताहरु मजबुत बनाउन चाहन्छौ भन्दै जब अमेरिकामा एकता हुन्छ भने अमेरिका पूर्ण रूपमा अविरल हुन्छ भन्ने मन्तव्यमा प्रस्ट कुरा राखे l हामीले जहिले पनि ठुलो सोच्नु पर्छ भन्दै सपना पनि झन् ठुलो हुनु पर्ने विचार राखे l उनले अगाडी भने ,काम नगर्ने कुरा ज्यादा गर्ने राजनैतिक व्यक्ति कुनै हालत मा पनि स्वीकार नहुने बताए l फगत कुरा गर्ने को समय समाप्त भएको भन्दै अब काम गर्ने को समय आएको बताए l
मन्तव्यको अन्त्यमा साथ मा हामीले अमेरिकालाई अझ मजबुत बनाउन सक्छौ ,अझ सम्पन्न बनाउन सक्छौ ,हामी फेरी अमेरिकालाई विशाल बनाउन सक्छौ हामी अमेरिकालाई पुन सुरक्षित बनाउन सक्छौ भन्ने विचार राखे l
ट्रम्पले सपथ अघि राष्ट्रपतिहरुको चर्चको रूपमा परिचित सेन्ट जोन्स चर्चमा पुगेर प्रार्थना गरेका थिए भने उनका साथमा उप राष्ट्रपति पनि गएका थिए l अमेरिकाको पूर्वीय समय १२ बजे उनले सपथ लिएका हुन् । र दिन भरि विविध कार्यक्रममा संलग्न भएका राष्ट्रपति ट्रंप लाई भ्याई नभ्याई भएको छ l 

अमेरिकाका विभिन्न राज्यहरू बाट आएका झाकी ,सैनिक प्रदर्शन तथा सैन्य यात्राहरूको प्रदर्शन रहेको थियो l दिवा भोजनको एक कार्यक्रममा उनले बिल क्लिन्टन सँग आएकी राष्ट्रपति कि महिला उम्मेदवार हिलारी क्लिन्टन लाई उपस्थित सबैलाई उठाएर स्वयम् आफू पनि उठी कर्तल ध्वनि बजाउदै अभिनन्दन गरेका थिए l क्लिन्टन दम्पत्ति को प्रशंसा गरेका थिए l
डोनाल्ड ट्रम्प सपथ ग्रहण को सिलसिलामा डिसीमा व्यापक विरोध प्रदर्शन हुँदा सयौ प्रदर्शनकारी पक्राउ गरिएको छ l प्रदर्शनकारीहरु हिंसामा परिणत भई प्रहरीले अश्रु ग्यास चलाउनु परेको थियो भने लिमोजिन गाडी जलाउनु को साथै पसलमा लुटपाट पनि गरेका थिए l

४५ औँ राष्ट्रपति डोनाल्ड ट्रम्प सपथ ग्रहण तथा दिवा भोज पश्च्यात परम्परा चलि आएकोले संसद् भवन देखि व्हाइट हाउस सम्म जाने क्रममा कैयौ घण्टा देखि लामबद्ध तथा प्रतिक्षारत सर्वसाधारण सँग हात हल्लाउदै नमस्कार गर्दै राष्ट्रपति ट्रंप ,प्रथम महिला तथा छोराछोरीहरु सँगै हिडेका थिए l 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू