अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:३१ | Colorodo: 06:46

जन सम्पर्क समितिद्दारा परराष्ट्र मन्त्री डा. महत मार्फत भूकम्प पीडित रकम हस्तान्तरण

बिआरटीनेपाल २०७३ माघ ६ गते २२:४५ मा प्रकाशित

नेपाली जन सम्पर्क समिति, अमेरिका केन्द्रीय समितिले भूकम्प पीडितका लागि सङ्कलन गरेको रकम सभापति र पदाधिकारीहरुको प्रत्यक्ष संलग्नतामा नेपालमा सहयोग प्रदान गरिसकेको अवस्थामा बाँकी रहेको रकम परराष्ट्र मन्त्री डा. प्रकाशशरण महत मार्फत नेपाल हस्तान्तरण गरेको छ । जन सम्पर्क समिति, अमेरिकाका सभापति आनन्द विष्टले संस्थासँग बाँकी रहेको पूर्ण रकम मन्त्री डा. महतलाई हस्तान्तरण गर्नुभएको छ ।
एनआरएन अमेरिकाको पाँचौँ साधारण सभा आयोजनाको उपलक्ष्यमा टेक्सासको डालसमा नेपाली जन सम्पर्क डलास च्याप्टर, डालस फोर्ट ओर्थ च्याप्टर र तरुण दल अमेरिकाको आयोजनामा पाँचौँ सम्मेलनमा सहभागी हुन डालस पुगेका सहभागीहरुको स्वागतमा आयोजित रात्रि भोज तथा स्वागत कार्यक्रमको अवसरमा सभापति विष्टले सो रकम मन्त्री डा. महत मार्फत नेपाल पठाउनुभएको हो ।

आपतका बखत संस्थाको केन्द्रीय समितिको आकस्मिक बैठकले तत्काल सङ्कलन गरेको रकम सभापति आनन्द विष्ट, उपसभापती धर्म श्रेष्ठ, केन्द्रीय सदस्य हरिबोल भन्डारी लगायतका केन्द्रीय राहत सहयोग प्रतिनिधि टोलीले नेपाल गई प्रत्यक्ष रूपमा सहयोग र वितरण गरेको थियो । बाँकी रकम नेजसले पठाउंदा कर मार्फत धेरै रकम नियामनुसार काटिनेभएकोले, केही आन्तरिक किचलोले र संस्था ५०१ सीको प्रक्रियामा रहेकोले वर्तमान अवस्थामा नेपाली जन सम्पर्क समिति, अमेरिका ५०१ सी मार्फत सुरक्षित रहेको अवस्थामा एनआरएन अमेरिकाको सम्मेलनमा प्रमुख अतिथिको रूपमा सहभागी आउनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम परराष्ट्र मन्त्री डा. महतलाई केन्द्रीय समितिको निर्णयानुसार सभापति विष्टले संस्थासँग बाँकी रहेको राहत रकम २९,५००।०० डलर नेपाली काँग्रेस पार्टी केन्द्रीय राहत कोषमा जम्मा हुने गरी हस्तान्तरण गर्नुभएको हो ।

स्वभावत: जन्मभुमीमा परेको बिपतका लागि प्रवासमा सक्रिय धेरै सङ्घ संस्थाहरूले सहयोगका लागि हात अघि बढाउंछन । भूकम्पको बिपतमा सहयोगका लागि उठेका रकम केही संस्थाहरूमा अहिले पनि संकलित छन् । तर नेपाली जन सम्पर्क समिति, अमेरिकालाई मात्र निरन्तर आर्थिक अपचलनका नाममा निरन्तर आरोप र आक्रमण जारी रहे । संस्था संस्थागत हुने आन्तरिक प्रक्रियाका बाबजुद विविध कारणले केही समय लग्नु स्वाभाविक थियो । आज त्यो आरोप निराकरण भएको छ । धैर्य गरे, सत्य कहिल्यै नहार्ने ध्रुब सत्य यथार्थ साबित भएको छ । नेपाली जन सम्पर्क समिति, अमेरिका मार्फत भूकम्पको नाममा उठेको एक रुपैंया पनि तल माथि भएको छैन । नेजससंग रहेको २९,५००।०० डलर रकम पार्टीको राहत कोषमा जम्मा हुन हस्तान्तरण भईसकेकोले आर्थिक विवादमा संस्था कुनै भ्रममा नरहेको स्पष्ट हुन्छ ।

प्रतिक्रिया