अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१६ | Colorodo: 20:31

एमालेद्धारा स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण

बिआरटीनेपाल २०७३ माघ ५ गते ११:०२ मा प्रकाशित

काठमाडौँ, माघ ५ गते । नेकपा ९एमाले०ले स्वास्थ्य क्षेत्रमा राजनीतिक पूर्वाग्रह नराखी काम गर्न स्वास्थ्यमन्त्री गगन थापालाई ध्यानाकर्षण गराएको छ ।

सो दलका स्वास्थ्य विभागका प्रमुख सुचिता शाक्य र पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीको नेतृत्वमा गएको टोलीले मन्त्री थापालाई आज उहाँकै कार्यकक्षमा भेट गरी विगतमा स्वास्थ्य क्षेत्रमा भएका कामलाई निरन्तरता दिन आग्रहसमेत गरेको हो ।

सो अवसरमा मन्त्री थापाले गुणस्तरीय स्वास्थ्य सेवाका लागि सबैको पहुँचमा आफूले ध्यान दिने उल्लेख गर्दै ध्यानाकर्षणले पनि सहयोग मिलेको बताउनुभयो । रासस

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू