अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:१५ | Colorodo: 15:30

रंगकर्मी हरिबहादुर थापाको सम्मान संगै ‘पाइलाहरु’ र ‘जोडियोस भत्किएका मनहरु’ एकसाथ बिमोचित

बिआरटीनेपाल २०७३ माघ ५ गते ८:०० मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टरले वरिष्ठ रङ्गकर्मी हरिबहादुर थापालाई सम्मान गरेको छ । थापा अभिनित दुई नाट्य एल्बम ‘पाइलाहरु’ र ‘जोडियोस भत्किएका मनहरु’को बिमोचन संगै रंगकर्मी थापालाई सम्मान गरिएको हो ।

बुधवार राजधानिको पर्यटन बोर्डमा आयोजना गरेको सम्मान एवं विमोचन समारोहमा प्रमुख अतिथिद्वय राष्ट्रकवि माधव घिमिरे र वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशीले थापालाई सम्मान एवं एल्बमहरुको लोकार्पण गरेका हुन् ।

आयोजक सस्था अनेसास नेपाल च्याप्टरका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न सो समारोहमा रङ्गकर्मी हरिबहादुर थापासम्बन्धी बृतचित्र पनि देखाइएको थियो ।

समारोहका प्रमुख अतिथिद्वय राष्ट्रकवि माधव घिमिरे र वरिष्ठ संस्कृतिविद सत्यमोहन जोशी, नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति सरुभक्त, वरिष्ठ स्रष्टा अशेष मल्ल, अध्यक्ष राधेश्याम लेकाली, प्राज्ञ उन्नति बोहरा शीला, राजेन्द्र शलभ र सम्मानित स्रष्टा हरिबहादुर थापाले आआफ्नो मन्तब्य राखेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू