अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:३२ | Colorodo: 04:47

तिब्बती शरणार्थी बनेर अमेरिका जान लागेका एक नेपाली पक्राउ

बिआरटीनेपाल २०७३ माघ ५ गते ५:०९ मा प्रकाशित

तिब्बती नागरिक बनेर अमेरिका जान खोज्ने एक नेपाली पक्राउ परेका छन् । नेपाली नागरिक राजेन्द्र गुरुङ अमेरिका जान लाग्दा भारतको को इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका हुन् ।

उनि संगै उनलाई अमेरिका लैजाँदै गरेका तिब्बती शरणार्थी वाङयाल पेमा पनि पक्राउ परेका छन् । वाङयाल पेमा अमेरिका बस्दै आएका तिब्बती शरणार्थी हुन् जसले राजेन्द्र गुरुङसंग ४० लाख लिएर अमेरिकाको न्यूयोर्क लैजाँदै थिए ।

उनीहरुले विमानस्थलको शौचालयमा गएर एकअर्काको ट्राभल डकुमेन्टका साथै बोडिङ पास र पासपोर्ट साटेका थिए । वैधानिक भिसा नभएका राजेन्द्रलाई तिब्बती शरणार्थी वाङयाल पेमाले तिब्बती नागरिकका रुपमा प्रस्तुत गरेका थिए । तर, युनाइटेड एयरलाइन्सका स्टाफले केही गडबड भएको भन्दै सुरक्षा अलर्ट गराएका थिए । प्रहरीले अनुसन्धान गर्ने क्रममा राजेन्द्र नेपाली नागरिक भएको खुलासा भएको थियो ।

भारतिय समाचार माध्यमका अनुसार पेमा एक महिना अघि भारत आएका थिए र, महिपालपुर स्थित होटलको यात्राका क्रममा राजेन्द्रसँग चिनजान भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू