अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:१७ | Colorodo: 20:32

तान्जानियाबाट पाँच नेपाली कामदारको उद्धार

बिआरटीनेपाल २०७३ माघ ४ गते २२:२१ मा प्रकाशित

दार ए सलाम , तान्जानिया । विगत एक वर्ष देखि तलब रोकि , फिर्ता टिकट र पासपोर्ट समेत नदिई राखिएका पाँच नेपाली कामदारको गैर आवासीय नेपाली सङ्घ तान्जानियाले उद्धार समन्वय गरी फिर्ता पठाएको छ । तान्जानियाको दार ए सलाम देखि ५०० किलोमिटर टाढा जङली क्षेत्रमा रहेको खनिज सम्बन्धी उधोग कङारू मिनरल्समा भारतको मुम्बई हुँदै दुई वर्ष अघि रोजगारीका लागि आई अलपत्र परेकामा नृप बहादुर टमट्टा,जगत बहादुर कुवर र अम राज सार्की (अछाम ) र लोगे टमट्टा र भुवन कुवर ( कैलाली ) थिए ।
उक्त घटनाको गत एक महिना अघि एनआरएनएको जानकारीमा आए पछि हामीले उनीहरूको तलब , टिकट र पासपोर्टका लागि रोजगार दाता कम्पनी सँग आवश्यक पहल थालेका थियौ । कम्पनीले टिकट र कम्पनी चलेको बखतको तलब सुविधा र पासपोर्ट तत्काल फिर्ता दिने भए पछि र बाकी रकम कम्पनीको मुम्बई स्थित कार्यालयमा कुरा गर्ने पीडित साथीहरूको सहमति भएपछि उनीहरूलाई दार ए सलाम ल्याई मुम्बै फिर्ता पठाइएको छ , सङ्घका तान्जानिया अध्यक्ष रोशन थापाले भने ।

सङ्घका अफ्रिका क्षेत्रीय संयोजक सुनिल कार्कीले सङ्घको तान्जानिया समितिले कुशलता पूर्वक उददारको संयोजन गरी बिपतमा परेका नेपालीको सहयोग गरेकोमा खुसी व्यक्त गर्नु भयो । यस कार्यको लागि आवश्यक सहयोग र सल्लाह दिने प्रीटोरिया स्थित नेपाल दूतावास , महामहिम राजदूत अमृत बहादुर राई र सङ्घका अन्तर्राष्ट्रिय समितिका केाषाध्यक्ष हिक्मत थापा प्रति आभारी छौ , उनले अगाडि भने ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू