अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:२० | Colorodo: 04:35

रहेनन् अमेरिकी अन्तरिक्ष यात्री जीन सर्नन, जो चन्द्रमामा पुग्ने अन्तिम व्यक्ति थिए

बिआरटीनेपाल २०७३ माघ ४ गते १:२१ मा प्रकाशित

चन्द्रमामा पुग्ने अन्तिम व्यक्ति जीन सर्ननको निधन भएको छ । अमेरिकी अन्तरिक्ष यात्री जीन सर्ननको ८२ वर्षको उमेरमा निधन भएको हो ।

क्याप्टेन सर्नन २ पटक चन्द्रमामा पुगेका थिए । उनि सन् १९७२ को यात्रामा चन्द्रमाको धरातल छाड्ने अन्तिम व्यक्ति थिए । जीन सर्नन अपोलो १७ मिसनका कमाण्डर थिए । अपोलो १७ मिसन पहिले सर्नन अन्तरिक्षमा १९६६ र १९६९ मा गइसकेका थिए । उनी एक नेभी एभिएटर थिए, जसलाई १९६३ मा नासाले आफ्नो अन्तरिक्ष अभियानका लागि छानेको थियो ।१९७६ मा अवकास लिएपछि उनले अन्तरिक्षसँग जोडिएको मुद्दामा टीभी च्यानलमा विशेषज्ञका रुपमा काम पनि गरे । उनले आफ्नो जीवनमाथि एक डकुमेन्ट्री पपनि बनाएका छन् ।

उनका परिवारले एक बयान जारी गर्दै भनेको छ, सोमबार स्वास्थ्य सम्वन्धी समस्याका कारण उनको निधन भएको छ । यो हाम्रो लागि निकै दुःखद छ कि एक प्यारा पति र पिता नरहेको खबर दिइरहेका छौं । हामी सबै शोकमा छौं ।’

क्याप्टेन सर्नन ती तीन अन्तरिक्ष यात्री मध्ये एक हुन्, जो चन्द्रमामा दुई पटक पुगेका थिए । अहिलेसम्म १२ जना चन्द्रमामा पुगेका छन्, जसमध्ये ६ जना जीवितै छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू