अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १३:१४ | Colorodo: 01:29

सर्वोच्चमा सिफारिस दुई न्यायाधीश विरुद्ध तीन उजुरी

बिआरटीनेपाल २०७३ माघ ४ गते ०:४९ मा प्रकाशित

न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि प्रस्ताव गरेका दुई न्यायाधीशविरुद्ध संसदीय सुनुवाई विशेष समितिमा तीनवटा उजुरी दर्ता भएका छन् । प्रस्तावित न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्वम भण्डारी विरुद्ध समितिमा तीनवटा उजुरी परेका हुन् ।

संसदीय सुनुवाई विशेष समितिका सचिव ध्रुवप्रसाद घिमिरेका अनुसार केसी र भण्डारी बिरुद्ध तीनवटा उजुरी प्राप्त प्राप्त भएको छ तर कार्यविधि अनुसार समितिमा सार्वजनिक गरेपछि मात्र कोविरुद्ध कुन उजुरी भन्ने थाहा हुनेछ ।

समिति सचिवालयले पुस २१ गतेबाट दस दिनको समय दिएर सर्वसाधारण समेतलाई उजुरी दिन समय दिएको थियो ।

न्याय परिषद्को पुस १८ गतेको बैठकले सर्वोच्चमा रिक्त दुई न्यायाधीशका लागि न्यायाधीशहरू तेजबहादुर केसी र पुरुषोत्वम भण्डारीलाई सर्वोच्चका लागि सिफारिस गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू