अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:१७ | Colorodo: 09:32

शीतलनिवास पुग्दा पूर्वराजा ज्ञानेन्द्रले ५० बर्ष पहिलेको आफ्नो बिबाहलाई सम्झीए

बिआरटीनेपाल २०७३ माघ ३ गते ४:४७ मा प्रकाशित

सोमबार मध्यान्ह राष्ट्रपति विद्यादेवी भण्डारीकी कान्छी छोरी निशाकुशुमको बिहे समारोहमा सहभागी हुन शीतलनिवास पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो  बिबाहको दिनलाई सम्झेका छन् । ५० बर्ष पहिले कोमल राज्य लक्ष्मीसंग शितल निवासमै बिबाह गरेका शाहले आफ्ना पुराना दिन सम्झेका हुन् ।

बिहेको निम्तो मान्न शीतलनिवास छिरेका पूर्वराजा ज्ञानेन्द्रले विवाह समारोहस्थल पुगेर बर र बुधलाई बधाइ दिएपछि सिधै राप्रपाका नेताहरु बसेको टेबलमा गएर बसे। जहाँ राप्रपा केन्द्रीय अध्यक्ष कमल थापा, राप्रपाकै राष्ट्रिय अध्यक्ष पशुपतिशमशेर राणा, राप्रपाका नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राप्रपाका सांसद गणेश थापा लगायतका ब्यक्तीहरु थिए ।

पूर्वराजा ज्ञानेन्द्रले शाहले राप्रपाका नेताहरु बसेर एक कप चिया खाँदै केहीबेर उनीहरुसंग कुराकानी गरेका थिए। कुराकानीकै क्रममा पूर्वराजा ज्ञानेन्द्रले विवाह समारोहमा सहभागी हुँदा आफूले ५० वर्षअघि कोमल शाहलाई भित्र्याएको सम्झना आएको बताएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू