अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३० | Colorodo: 03:45

३३५६ मिटर उचाईबाट एकैपटक २३ नेपालीको सफल प्याराग्लाइडिङ उडान

बिआरटीनेपाल २०७३ माघ २ गते २३:३४ मा प्रकाशित

गत शनिबार बिहान २३ जना प्याराग्लाईडिङ नेपाली विद्यार्थी पाइलटहरु ३३५६ मिटर अग्लो उचाई मार्दी हिमाल नजिक सिन्के डाँडाबाट प्याराग्लाइडिङ उडान एकैपटक सफल उडान गरेका छन् ।

बाबु एड्भेन्चर्स स्कुलको आयोजनामा हाई अल्टिच्युट प्याराग्लाईडिङ तालिमको सिलसिलामा स्कुलको प्रशिक्षक दामोदर पराजुलीको प्रशिक्षण निगरानी र कृष्ण सुनुवारको सहयोगी नेतृत्वमा उक्त विद्यार्थी पाइलटको टिम शनिबार बिहान उक्त ठाउँमा पुगेका थिए ।

सिन्के डाँडाबाट एकैपटक २३ जनाको जम्बो टिमले उडान भरेको यो नेपालमा पहिलोपटक हो । यस अघि पनि बाबु एड्भेन्चर्स स्कुलकै आयोजनामा ३२०० अग्लो माछापुच्छे गाबिस कोरचुङ डाँडाबाट २१ जनाले प्रमुख प्रशिक्षक सानो बाबु सुनुवारको नेतृत्वमा उडान सफल गरेका थिए ।

उक्त टिममा सहभागी एक बिद्यार्थी पाइलट बिमल पहारीले आफ्नो अनुभव बाड्दै भने “यो एक नयाँ अनुभव म लगायत सबै साथीहरुले गरे । हामीले ३३५६ मिटर अग्लोबाट उडेर करिब १०५६ मिटर तल धिताल गाबिस लाचोक भेडाबारीमा सफल पुर्बक अवतरण गरेका थियौ ।”

यो तालिमबाट कसरी हाई अल्टिच्युटबाट उड्ने, कसरी अवतरण गर्ने, लगायतका धेरै नयाँ कुराहरु सिक्न पाएको पाइलटहरुले बताएका छन् । एक सक्षम पाइलट बन्नको निमित्त हाइ अल्टिच्युट प्याराग्लाईडिङ कार्ष महत्वपुर्ण कोर्ष हो । नेपालको पहिलो प्याराग्लाइडिङ स्कुल बाबु एड्भेन्चर्स प्याराग्लाईडिङ स्कुलले बिगत केहि समय यता देखि प्याराग्लाइडिङ सम्बन्धि सम्पुर्ण कोर्षहरु स्वरेक १ स्याङजामा उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू