अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:१२ | Colorodo: 07:27

राजावादी संगठनहरु बिचको जुहारी, को असली को नक्कली ?

बिआरटीनेपाल २०७३ माघ १ गते २३:२९ मा प्रकाशित

गएको पुस २६ गते शाहि युवा शक्ति नामक संगठनले नेपाल बन्दको घोषणा गर्यो । बन्द घोषणा गर्नुको कारण सरकारले पौष २७ गतेका दिनलाई पृथ्वी जयन्ती मनाउनु पर्ने र राष्ट्रिय बिदाको घोषणा गर्नुपर्ने थियो । शाहि युवा शक्तिले आफ्नो माग राख्दै बन्दको आवहवान पनि गर्यो तर सफल भएन् । समुहका सदस्य सन्दिप गौतम र गोबिन्द ढुंगानालाई प्रहरीले नियन्त्रणमा लिएपछि उनिहरुले दिउसो १ बजेबाट बन्द फिर्ताको घोषणा गरें । उनिहरुले गरको बन्दको सूचना छिटपुट अनलाईनहरुमा त देखियो तर प्रभाव भने शुन्य रहयो, सामान्यतयाः बिश्लेषण गर्नेहरुले पनि यो बुझे कि, यो देखावाका लागि हो, यिनिहरुको कुनै तुक छैन् । न त सरकारले पृथ्वी जयन्तीका दिन बिदा नैं घोषणा गर्यो न त शाहि युवा शक्तिले आफ्नो सामान्य प्रभावनैं देखाउन सक्यो ।

छरिएर रहेका र एकतित्र भएका राजसंस्थाका समर्थकहरु भने शाहि युवा शक्ति नामक संगठनले गरेको उक्त कार्यप्रति क्रुद्ध भए, कोहिले बिरोधमै सामाजिक संजालमा पनि लेखें । अधिकांशको धारणा यो थियो कि, राजसंस्थाको नाममा बन्द, हडताल, चन्दा उठाउनु राम्रो होईन । बन्दका कारण देश र देशबासिले पिंडा भोगोस भन्ने राजसंस्था चाहदैन । अर्कातिर राजसंस्थाको नाम लिएर मनपरि गर्दा राजसंस्था लगायत राजसंस्था समर्थकहरुको आत्म सम्मानमा पनि ठेस पुग्न गएको छ । यस्तै यस्तै धारणाहरु सुनिए ।

पुस २७ गते सिंहदरबारको अगाडि रहेको पृथ्वीनारायण शाहको शालिक अगाडि हजारौंको संख्यामा स्वतःस्र्फुत र संस्थागत जम्मा भएका नागरिकहरुले पृथ्वी जयन्ती मनाए । पृथ्वीनारायण शाह तथा राजसंस्थाका पक्षमा नाराबाजी पनि गरे । तर अन्तमा दृष्य फरक देखियो, एउटा ब्यक्तिमाथि त्यहाँ उपस्थित दर्जनौं ब्यक्तिहरु जाईलागे । कारण बुझ्दा हिजोको बन्द घोषणा गरेर राजसंस्थाको अपमान गर्न खोजेको, राजसंस्थाको नाममा चन्दा उठाउने, राजसंस्थाको बदनाम गराउने भन्दै शाहि युवा शक्तिका अध्यक्ष पशुपति खड्कामाथि जाई लागेका रहेछन् ।

शाहि युवा शक्तिको आरोप
शाहि युवा शक्तिका संयोजक पशुपति खड्कामाथि प्रहार भएपछि सोहि दिन शाहि युवा शक्तिले आफ्नो फेसबुक पेजमार्फत बिज्ञप्ति जारी गर्यो । बिज्ञप्तिमा शाहि युवा शक्तिका अध्यक्ष पशुपति खड्कामाथि हातपात गरिएको, लुटपाट गरिएको र त्यो गर्नेहरु माओवादीका भिजिलान्ते र कथित राजाबादी समुहहरु रहेको आरोप थियो । त्यति मात्र नभई सोम बिक्रम सिंह र शिवसेनाका कार्यकर्ताहरु हातपातमा संलग्न भएको ब्यहोरा पनि उल्लेख गरियो । साथैं उनिहरुलाई राजा निकट मानिएका सिंह ठकुरीहरु नैं राजा बिरोधी भएको बिज्ञप्तिमा उल्लेख गरियो । यस्तो छ बिज्ञप्ति

राष्ट्रिय सरोकार मंच के भन्छ ?
हिजो अर्थात माघ १ गतेका दिन राष्ट्रिय सरोकार मंच जसको नेतृत्व सोम बिक्रम सिंहले गर्ने गरेका छन्, एक बिज्ञप्ति जारी गरि भनिएको छ, राज संस्थाको नाममा चन्दा उठाउने, बन्द हडताल जस्ता क्रियाकलाप संञ्चालन गरी राजसंस्थालाई ठगी खाने भाडों बनाउने, बेतुकका बक्तब्य जारी गर्ने क्रियाकलाप तत्काल रोक्न सचेत गराउँदछौं । साथैं बिज्ञप्तिमा अगाडि लेखिएको छ, राजसंस्थाका सच्चा समर्थकहरुले कहिल्यैं बन्द हडताल गर्ने, चन्दा उठाउने र उछृगंल गतिबिधि गर्ने जस्ता घृणित कार्य गर्न सक्दैंनन्, यस्ता क्रियाकलाप संचालन गर्नेहरु बिरुद्ध नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले गरेको प्रतिकारमा राष्ट्रिय सरोकार मंच नेपाल सधैं साथ दिने र समर्थनमा रहने छ । यस्तो छ सरोकार मंचले जारी गरेको बिज्ञप्ति ।

को हो शाहि युवा शक्ति ?
करिब २०७० सालतिर राप्रपा नेपालमा रहेका पशुपति खड्काले राजसंस्थाको वकालत गर्ने उद्देश्यकासाथ शाहि युवा शक्ति स्थापना गरेको देखिन्छ । राजसंस्थाको नाममा पटक पटक बन्दको आवहवान गरेपनि अहिलेसम्मका कुनै बन्द र हडतालका कार्यक्रमहरु प्रभावकारी हुन नसकेको शाहि युवा शक्तिको गतिबिधि नियालीरहेकाहरु बताउँछन् ।

 

अर्कातिर शाहि युवा शक्तिलाई अन्य राजसंस्थावादी ब्यक्ति र संगठनहरुले पनि राजसंस्थाको नाममा चन्दा उठाउदैं हिडने, धर्म संस्कृतिको नाममा कार्यक्रम गर्न साधु सन्त सम्मबाट पैंशा अशुली गर्ने आरोप लगाउँदै आएका छन् ।

तर शाहि युवा शक्तिका समर्थक तथा संगठन भने राजसंस्था पुर्नबहाली गर्न शाहि युवाशक्ति जनस्तरबाट लाग्ने बताउँछ । जनताको आन्दोलनका भरबाट राजसंस्थालाई पुर्नस्थापित गराउने उद्देष्य संगठनले राखेको छ । आम रुपमा हेर्दा शाहि युवा शक्तिले गरेका गतिबिधहरुको प्रशंसा भन्दा आलोचना बढी भएको पाईन्छ ।

को हो राष्ट्रिय सरोकार मंच ?
९ बर्षको स्विस अध्ययन ताका नैं सोम बिक्रम सिंहले देशमा एउटा राष्ट्रवादी शक्ति हुनुपर्ने जो दलको रुपमा नभई एउटा लुज फोरमको रुपमा रहेर राष्ट्रियता, धर्म संस्कृति, देशको समुन्नतीको पक्षमा वकालत र अभियान चलाउने हुन जरुरी छ भन्ने सोच राख्थे ।

सिंह नेपाल आएपछि आफ्नो नजिकका साथिभाई तथा आफ्नो धारणामा मेल खाने अन्य ब्यक्तिहरुसंगको सल्लाह र बहस पछि २०६३ सालको मध्य तिर राष्ट्रिय सरोकार मंच नेपालको गठन भयो । यस्तै संगठन र अभियानको सोच भएका तत्कालिन युवराज पारश बिर बिक्रम शाहले पनि सरोकार मंचको धारणा र संगठनलाई उत्साहित बनाउन थप थप हौसला दिए । सरोकार मंच हुर्कदैं गयो, राष्ट्रियताका सवालमा आवाज बुलन्द गर्दै गयो ।

२०७० सालमा सरोकार मंचका संयोजक प्रवजंन बहादुर सिंहले सन्यासी रुप धारण गरेपछि मंचको नेतृत्व सोम बिक्रम सिंहको काधमा आयो । उनले नेतृत्व लिएको केहि महिनामैं सरोकार मंचको उद्देष्य अनुरुपका गतिबिधिहरुलाई थप क्रियाशिल बनाए ।

सिके राउतको बिषयमा मंचले जिल्ला प्रशासन कार्यालय देखि राष्ट्रिय मानवअधिकार सम्म धायो । राउतले गर्दै आएका अराष्ट्रिय गतिबिधी तत्काल कारबाहिको दायरामा ल्याईनुपर्ने माग सहित मंच कडा रुपमा प्रश्तुत भयो ।

चन्दा, बन्द हडतालको बिपक्षमा रहेको मंच समय समयमा प्रेस बिज्ञप्ति र कार्यक्रमहरु मार्फत आफ्नो उपस्थिती अराष्ट्रिय गतिबिधीको बिरुद्ध रहदै आएको जनाउने गर्दछ । साथसाथैं राजसंस्था, हिन्दु अधिराज्य, धर्म संस्कृति संरक्षण, समुन्नत नेपालको पक्षमा मंचले आफ्ना गतिबिधि सञ्चालन गर्दै आएको छ ।

दरबारको धारणा
दरबारले भने आधिकारिक रुपमा अहिले सम्म कुनै संगठनलाई च्यापेको पाईदैन । तर पूर्ब राजा तथा युवराजका भ्रमण तथा कार्यक्रमहरुमा राष्ट्रिय सरोकार मंचले अगुवाई तथा नेतृत्व गर्ने गरेको भेटिन्छ । साथसाथै मंचमा रहेका ब्यक्तिहरु अधिकांश दरबार निकट रहेको स्रोत बताउँछ ।

राजसंस्था समर्थकहरुको धारणा
राजसंस्था समर्थकहरु भने सबैं राजसंस्थाप्रति आस्थाराख्ने संगठनहरु मिलेर अगाडि बढ्नु पर्ने धारणा राख्दछन् । उनिहरु बिचको आपसि जुहारीले राजसंस्था पक्ष बलियो हुनुको साटो कमजोर हुने ठम्याई छ ।

त्यसैगरी दरबारले पनि आफ्ना वरिपरि रहेका लेयरहरुलाई राम्रोसँग बुझि सहि ब्यक्ति र सहि सल्लाहको मार्गदर्शन गर्नुपर्ने उनिहरुको राय छ । हिजोका दिन राजसंस्था नेपालबाट हटाईनुमा राजा र दरबारको वरिपरि रहेका स्वार्थि झुण्डका कारण नैं भएको उनिहरु दाबि गर्छन ।

प्रतिक्रिया